सूर्यवदना घिमिरे पण्डित
हामी नारीहरू पहिला छोरी बन्यौँ, अनि आमा । पहिला जे बनियो त्यसैको याद आउने रहेछ । नेपाली संस्कृतीमा धेरै चाडपर्वहरू छन् । त्यो मध्ये एउटा हा,े तीज । आफू आमा वा हजुरआमा जे नै बने पनि तीजमा नारी हृदय छोरी बनेर पग्लिन्छ । अनि मात्र आफ्ना छोराछोरीतिर सम्झना हुन्छ । त्यो नारी, जसका छोरी छैनन्, उसलाई छोरीको सानिध्यताको के अनुभव ? त्यसैले ऊ त झन् आपूm छोरी मात्र बनेर कल्पन्छे ।
हुनत, बुहारी पनि छोरी हुन् । घरमा आएर छोरीको अभाव पूर्ती उनीहरूले नै गर्लान् । छोरी र बुहारी दुवैको भूमिका एक्लैले निभाउलान् । तर हरेक तीजमा ऊ पनि जन्मदिने आमाकहाँ जानैपर्छ । आमाको हातको खाना र जन्मेहुर्केको ठाउँ उसको मानसपटले कसरी भुल्छ ? आमाको आभामण्डलको निकट रहँदाको आनन्द कसले बिर्सन्छ ? नजन्माएकालाई त चाहिने, जन्माएकालाई चाहिन्न ?
त्यो छिन्नु पनि त स्वार्थ हो । आफू सानो छँदा आमाका दुःखसुख केही बुझिएन । सधैँ आफ्ना अधिकारको कार्यान्वयनमा लागियो । लाग्थ्यो आमा कर्तव्यको अक्षय पात्र हुन् । हामी अधिकार रूपी घैला । आमाका जिम्मेवारीलाई फर्केर हेर्ने जमर्को कहिल्यै गरिएन् ।
आफुले निर्वाह गर्नुपर्ने पारिवारिक दाइत्व आमालाई कहिल्यै परेनजस्तो पनि
गरियो । सन्तान टाढा हुँदा आमाको मन कति सुख्खा थियो होला । त्यो भाव मनमा आएन । आमालाई भेट्न जानेकुरा प्रथमिकतामा परेन । हामी छोरी बस्ने उनको हृदयमा कति फाटेको हुँदो हो ? सायद, हामीलाई अन्दाजै भएन ।
दुनियाँभरमा आपूmजति कर्मयोगी र व्यस्त कोही छैनजस्तो देखायौँ । आफ्नो
अनुकुलमा मात्र आमा भेट्न गयौँ । त्यो गएको पनि आफ्नो लागि हो र ? सायद आमाको लागि गयौँ । कति तीज, दशै,ँ तिहार आए । गए । हिउँद आयो । गयो । न हेमन्त र शिशिर न वर्षा र हिउँद ऋतुले पर्खे । सबै आ–आफ्ना कालक्रमा घुमे ।
आमाका आँखाले कति हे¥यो होला हामी हिँड्ने ठाडोगल्लीको गेग्रान बाटो ।
पहिला–पहिला पात्रो पण्डित बाजेहरूकहाँ मात्र हुन्यो । तीज आउने बेलामा मात्र स्पष्ट तिथिमिति थाहा पाइन्थ्यो । आजकल त घरका हरेक कोठामा क्यालेण्डर हुन्छ । उस्तैपरे वाथरुममा पनि होला कसैको । पात्रो पल्टाए पछि महिनाभर देखिइ रहन्छ । कुनै क्यालेण्डरमा त झन् तीन महिनासम्म देखिने हुन्छ । कति हेर्नु आमा
बिनाको तीज अंकित पात्रो ?
भनिन्छ, मान्छेले धेरै जुनि बितायो । अब पनि कैयौँ जुनि जन्मलिन्छ । यो
आत्माले शरीर लिदै जन्म र मरणको चक्रलाई निरन्तरता दिइरहन्छ । लाग्छ, हाम्री आमा पनि यो धर्तीमा आइसकिन् । हामीले देखेका, भेटेका, बोलेका पनि छौँ कि ? त्यो कुरा न हामीलाई ज्ञान छ । न हाम्री पूर्व आमालाई ।
भन्ने गरिन्छ, अक्सर गरेर मान्छे जुन ठाउँ, समाज र संस्कृतिमा रहँदा देह
छोड्दा त्यस्तै संस्कार लिएर जान्छ । पछि जन्मलिने परिवेश पनि उस्तै हुनजान्छ । यस भनाइलाई आधार मान्दा कसैको उही परिवारमा, कसैको नातासम्बन्धमा, परिवार वा केहीको वरपर जन्म हुनजाला । हाम्री आमाको जन्म पनि यतै कतै भएको हुनसक्छ । कति जुनीहरूमा हामी आमाकै आमा, बाबु, भाइ, छोरी, भान्जी, छिमेकी पनि भयौँ होला ।
आफूलाई चिनेका, सन्त–माहात्मा र ज्ञानी–ध्यानी मान्छेले पूर्वजुनीका बाबुआमा, सन्तान नातागोता चिनेका होलान् । त्यस्ता ऋषिवत् मानवले आपूm चिनिएर र चिनाएर साध्ये पनि हुँदैन । कसैलाई बताए पनि पत्याउने कस्ले ? त्यसैले उनहिरू वशुदैव कुटुम्भकम् भन्छन् । म, मेरो परिवार, मेरो समाज, मेरो देश र पूरै यस धर्तीका प्राणी आफ्नै फैलावट हो भन्छन् । सबैभित्र म छु र सबै म भित्र नै छन् भन्छन् । हाम्री आमा पनि हामी भित्रै छन् । उनको ठाउँ कसैले लिन सक्दैन । आमाजस्तो आमा बाहेक अरू कोही हुँदैन ।
सन्तान प्रतिको स्नेह र प्रेमको त कुरै छोडौँ । कुनैबेला कोही मान्छे पहिलोपटक भेट्दा नै पूर्व परिचितजस्तो लाग्छ । तुरुन्तै आत्मियता हुन्छ । प्रेमल भइन्छ । कतिपय श्रीमान्÷श्रीमतीको भेटघाट विवाह पछि मात्र हुन्छ । तुरुन्तै एकआपसमा समर्पित र श्रद्घावान बन्छन् । त्यस्तो हुनुमा क्षणभरको भेट पक्कै हैन । जुनीजुनीको परिचय नै त होला ।
हामीले पनि हाम्री आमालाई बिभिन्न भूमिकामा देखेकै छौँ होला पक्कै । अहिले चिनेर पनि हामी के गछौँ ? उनी यस लोकमा आएपनि हाम्री आमा बनेर हैन । उनको देह कसैको छोरो वा छोरी बनेर आएको छ । त्यो चिनेर हामीलाई के हुन्छ ? समय जति भूत बन्दैगयो, उति बितेको वर्तमानको स्मरण गरेर के काम ? नदीको मुहान खोज्न ओरालो लागेजस्तो । यस्तो बाटोलाग्दा जहाँ नदी सकिन्छ, अनि बटुवा त्यहाँ पुग्छ । बितेको समय फर्केर हेर्दा पाइलाको डोव पनि देखिदैनन् । केवल अनुभूतिको चित्र मनमा हुन्छ । हाम्रो यो देह, यही रहिन्जेल हामीले कहिल्यै आफ्नी आमालाई भौतिक रूपमा भेट्दैनौँ । अब हामीले आमालाई आँखा खोलेर हैन, बन्द गरेर मात्र देख्छौँ । अबसम्म होसमा रहन्छौँ, तवसम्म हृदयमा उनी छन् र सदा रहन्छिन् । प्रशिक्षक, जिवनविज्ञान