1k
Shares

काठमाडौँ । सन् २०११ मा मुम्बईमा पत्रकार ज्योतिरमोय डे (जे डे) को हत्यामा दोषी ठहर गरिएका ग्याङ्गस्टर र छोटा राजनका प्रमुख सहयोगीलाई भारतको उत्तराखण्ड प्रहरीले नेपाल–भारत सीमा नजिकैको चम्पावत जिल्लाबाट पक्राउ गरेको छ ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार हल्दवनीका ५० वर्षीय दीपक सिसोदियाले जे डे हत्याकाण्डमा सुटरलाई हतियार उपलब्ध गराएका थिए । उनलाई आजीवन काराबासको सजाय सुनाइएको थियो भने महराष्ट्रको अमरावती जेलमा सजाय काटिरहेका थिए । प्रहरीका अनुसार फरार रहेका उनी नेपालको महेन्द्रनगरमा लुकेर बसिरहेका थिए । आफ्ना परिवारलाई भेट्न भारत आउँदा उनलाई पक्राउ गरिएको हो ।