छोङछिङमा प्रधानमन्त्री प्रचण्ड

1k Shares

बेइजिङ, ९ असोज । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार छोङछिङ पुगेका छन् । 

छोङछिङमा प्रधानमन्त्री प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे । छोङछिङमा रहँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेको छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अध्ययन अवलोकन गर्नेछन् । 


गत शुक्रबार न्यूयोर्कबाट साताव्यापी भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा भइरहेको १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी भए भने उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।
 

सम्बन्धित समाचार