नेपाल—भारत सीमा विवाद वार्ताद्वारा समाधान निकाल्नु पर्छ

पञ्चशीलको सिद्धान्तमा सबै छिमेकीसँग समदूरीको व्यवहार र पूर्ण कदको सार्वभौमिकता सन् १९६१ म नेपालको भूमी सियाचेन चीनलाई दिएको जहाँ आज चीनको सैन्य क्याम्प छ त्यो भूमिपनि फिर्ता ल्याउन नक्सा छापेर होला कि केवल सन् १९६२ को कालापानीवाला भूमी फिर्ता ल्याएको नाटक गरेर ? कालापानीसहितको नक्सा भारत–नेपाल बीच दोहरी भईरहेको बेला वार्ताद्वारा समाधान निकाल्ने कि उत्तेजित भएर ‘देखाईदिने’ शैलीमा नेपालको तर्फबाट सबै तीन करोड नेपालीको ठेक्का लिँदै सोझै युएनओमा गएर होला ?
नेपालबाट भारतमा गोरखा रेजिमेन्टमा सैन्य भर्ना रोक्ने नेपाली परराष्ट्रमन्त्रीको आवाजले के बताउँछ ? के भर्खरै चीनसंग गलवान उपत्यकामा भारतले बिहार रेजिमेन्टलाई जानीजानी खटायो कि गोरखा रेजिमेन्टलाई ? अनि चीनसंग गोरखा रेजिमेन्टलाई भारतले भिडाउला भन्ने कुरा सैनिकमा भाग लिईसकेपछि उसको सीमा तय गर्ने र अब रेजिमेन्टमा पठाउने निर्णय नै बदल्ने भारत–नेपाल बीच सम्बन्ध भत्काउने सोचको मत जनताले गत निर्वाचनमा कम्युनिस्टलाई नेपालमा दिएको हो ? भारतको यूपीमा अयोध्यास्थित श्रीराम मन्दिर बन्ने अगस्त ५ तारिखको शुभमुर्हूत निस्कने बेला नेपालबाट स्वयं प्रमकै मुखबाट अयोध्या भनेको यूपीमा विवादित हो, असली अयोध्या नेपालको ठोरीनेर हो भन्ने सनातनधर्म र मुस्लिम तथा भारत–पाकिस्तान बीच द्वन्द्व निम्त्याउने कुरा व्यक्ति विशेष केपी ओलीको मुखबाट धोखाले निस्केको हो ? यदि धोखाले निस्केकै हो भने अब अयोध्या ठोरीनेर नै हो भन्ने कुरा नेपालका स्वनामधन्य पण्डितहरुले लगातार सरकारी तोता गोरखापत्रलगायतमा धमाधम लेख लेख्न थाल्दा प्रश्न उठ्छ कि के नेपालका कम्युनिस्टले नेपाललाई चीनमा मर्ज गर्नकै लागि अहिलेदेखि नै मिडियामा लगानी गरी जानीजानी यस्ता प्रोपोगन्डाहरु चीनको पुरानो विश्वव्यापी कुख्यात नीति अनुसार गराईंदैछ ? चीनले बीआरआई अन्तर्गत तत्काल कम्तिमा छत्तिसवटा प्रोजेक्टमा काम थालिहाल्न र ती सबैमा चाईना लर्निङ्ग सेन्टरहरुमा चीनकै एकएक मजदूर, अध्यापक र टेक्निसियन आउन दिन नेपाललाई भन्नुको अर्थ के हो, चीनमा जासूस वा सिभिल ड्रेसमा सेना तैनाथ गर्नु ? यसैबीच चीन, नेपाल, पाकिस्तान र अफगानिस्तानमात्रै सम्मिलित देशले भीडियो कन्फेरेन्स कोरोना नियन्त्रणको बारे गर्नुभनेको ओली सरकारलाई भारतले औषधी उपकरण सबै बन्द गरिदिई नसघाउने नीतिले ओली सरकार छट्पट्टिएको हो वा भारत–चीनबीच साँच्चिकै युद्ध अब हुन लाग्या बेलामा नेपालले आफ्नो कित्ता छुट्याएको हो ? यदि छुट्याएको हो भने नेपाल पञ्चशीलको सिद्धान्तमा रहने देशको स्टाटसबाट युद्धमा संलग्न हुने प्रत्यक्ष–परोक्ष बदलिएको अनीति लिने फैसलाको हक केपी ओलीलाई कसले र कुन चुनावको म्यान्डेटले दियो ?
जब भारतको अयोध्यामा सनातनी हिन्दूहरुको प्राण श्रीरामको मन्दिर साविक भूमिमै बनाउने शुभमुर्हूत खोज्ने चर्चा चल्न थाल्यो अनि केपी ओलीले नेपालको प्रधानमन्त्रीको पदमै आसिन भएर श्रीरामको जन्मभएको अयोध्या नेपालको बीरगञ्जको ठोरीनेर रहेको अयोध्या गाउँमा भएको भनि विवाद खडा गरे । जहाँ श्रीराम जन्मभूमी बारे भारतको सर्वोच्च अदालतले करिब पाँचसय वर्ष पुरानो विवादित मुद्दालाई सबै पक्षका प्रमाणलाई विस्तृत अध्ययन गरेर टुङ्गो लगायो, जहाँ भारतका सनातन धर्मविरोधी केही आततायी मुसलमान जत्थाले धार्मिक र राजनैतिक भारतको प्रतिस्पर्धी पाकिस्तान र उसद्वारा पालितपोषित आतंकवादीहरुले समेत अयोध्यामा बराबरको मस्जिद रहेको तथा उनीहरुको ईवादत गर्ने ठाउँ रहेको दाबी गरिरहेका थिए र छन्, त्यहाँ नेपालबाट ओलीले पाकिस्तान–चीनको उक्साहटमा यूपीको अयोध्या श्रीरामको जन्मभूमी नरहेको बयान दिए जसले विश्वभरीकै सबै सनातनी ओली–मण्डलीमाथि रिसाएका छन् । ओलीले श्रीराम जन्मभूमीबारे विवाद खडा गरेको दिनदेखि आजसम्म चीनको दानापानीमा लेखक तथा मिडियाकर्मीले जानीजानी ओलीवाणीलाई अनुसन्धानको जलप लगाउने रामायण, श्रीराम र उनको जन्मबारे विवादित लेखहरुलाई छाप्ने गरेका छन् । यस बीच यी कुराबारे गत ३ गते शनिवार यसै साउनमा नयाँ पत्रिकाले ‘के रामायण नेपालमै लेखिएको थियो ?’ शीर्षकमा पत्रकार मदनमणि दिक्षितको नेपाली त्रैमासिक, २०४२, पूर्णाङ्क १०५, पृ. १९–२५ लाई उद्धृत गर्दै अन्तर्वार्ता छाप्यो जसले अतिवृहद् प्रमाणहरुलाई संसारभरीबाट अध्ययन गरि ‘ठोरीको अयोध्या दाबी असत्य रहेको’ निश्कर्षमा पुगेका छन् । तर यसपछि पण्डितहरुले ओलीकै कुरालाई बिना कुनै अनुसन्धान लंठ जस्तो भाषामा ‘प्रधानमन्त्री नै ठिक अर्थात्, ठोरीकै अयोध्या सहि हो’को निश्कर्षसहित पुरहित्याई गरेका छन् । हुनत रावणका बुवापनि महान् तपस्वी र जातले बाहुण नै थिए तसर्थ, नेपालका केही कम्युनिस्ट र चीनको पैसाको लट्ठमा परेका बिकाउ विद्वानले पाकिस्तानलाई भारतको अयोध्या सुम्पने ‘अनुसन्धान’ निष्कर्श निकाले भने साँच्चिकै श्रीरामभक्त बाहुणनै नभएर रावणवाला बाहुण हुन् भन्ने बुझ्न जरुरी अब रहेन । त्यसैले गत साउन १७ गते शनिवार एकैचोटी तीनवटा लेखकले श्रीराम, रामायण र उनी जन्मेको भूमीबारे लेख लेखेका छन् । कान्तिपुर दैनिकमा सुजीत मैनालीको ‘रामायणको ऐतिहासिकता’ शीर्षकमा ‘रामायण ईतिहास हो कि काव्य भनी बहस गर्नेहरुले ‘अधिकांश तर्क मूलतः वाल्मीकि रामायणको मूलपाठमै आधारीत छन् । पुरातात्विक अन्वेषणमार्फत रामायणको ऐतिहासिकता अथवा त्यस समयको भूगोलबारे यकिन हुने गरी ठोस प्रमाण जुटाउन आजका मितिसम्म सकिएको छैन’ निश्कर्षसहित अन्त्यतिर अयोध्या, जनकपुरधाम सबैलाई किंवदन्तीमा आधारीत र वैज्ञानिक प्रमाणमा आधारित नरहेको ठोकुवा गरेका छन् । सोहि दिन सरकारी मुखपत्र गोरखापत्रमा लोकमणि पौडेलले ‘राम जन्मभूमी’ शीर्षकमा वाल्मीकि रामायणको दाबी गर्दै सीता बुहारी भित्रिएकी अर्थात्, अयोध्या ठोरीनेर नै भएको भनी स्वयंले कोरेको नयाँ नक्सासहित तथा प्रो–पाकिस्तानी तथा वामपन्थी पत्रकार (भारत र सनातनधर्म विरोधी) कमलेश्वरको पुस्तक कितने पाकिस्तानलाई उद्धृतगर्दै ‘लखनउस्थित अयोध्या राम जन्मभूमी नभएको ‘ गत वर्ष त्यहाँका सर्वोच्च अदालतसमेतले फैसला दिंदा रामजन्मभूमीमा सन्देह भाषा प्रयोग गरेको’ भनी पुरहित्याई देखाएका छन् जबकि अदालतले सप्रमाण हिन्दूका स्ट्रक्चर र अवशेषहरु राखेर फैसला दिएको हो । त्यस्तै, सोहि दिन साउन १७ गते नयाँ पत्रिकामा डा. दिनबन्धु शर्माले ‘मन्दोदरी’ शीर्षकको कथामा श्रीरामको चरित्रलाई धमिल्याएका छन् : ‘‘‘रामचन्द्र १’ मन्दोदरी ठूलो स्वरमा कराईन्, तपाईं ‘मेरो घाउमा नुन–खुर्सानी दल्दै हुनुहुन्छ, म विश्वप्रसिद्ध पतिव्रता नारी हुँ । विजयका दम्भमा तपाईं यति असन्तुलित बोल्नुहुन्छ भन्ने लागेको थिएन ।’’’ लेखेर । आजसम्म सबै हिन्दूले मन्दोदरीलाई अति सम्मानित पतिव्रता नारीको दर्जामा राखेको परिवेशमा सबरी र आफ्नी कान्छी आमा दुष्ट कैकेयीसमेतलाई त्यति आदर गर्ने श्रीरामले मन्दोदरीलाई यसरी भनेको रामायण लेख्ने र त्यसलाई उद्धृतगर्दै लेख्ने नेपालका सनातनधर्मविरोधी पैसामा बिक्रिभएका नेपाल वा भारतका वामपन्थी न्यारेशन हो भन्ने बुझिन्छ । अर्थात्, भारत सित नेपालको राजनैतिक, सांस्कृतिक, धार्मीक, सामाजिक बेटी–रोटी आदि आयाममा रहेको सम्बन्धलाई चीनले नेपालका स्वघोषित पण्डित र विद्वानको नाममा पैसामा किनेर जानीजानी मीडियामा चीनको विश्वव्यापी प्रोपोगण्डानीति चलाईरहेको छन् भन्ने कुरा प्रष्ट हुन्छन् भने त्यहीं नेकपाकै अन्य समर्थक, कार्यकर्ता र शीर्षस्थ नेताहरुले ओली र उनका समर्थक ‘गोली’मीडियाकर्मीका हर्कतलाई पचाउन नसकेर ओलीकै श्रीरामजन्मभूमीको पाकिस्तानी उक्साहटवाला विवादीत बोललाई परराष्ट्र मन्त्रालयबाट खण्डन गर्न लगाईदिए । भारतमा श्रीरामको ईतिहास तथा गाथा मेट्न ‘पेईड’ लेखक तथा वामपन्थी पत्रकारहरुको लस्करै छन् । सवाल उठ्छन् कि किन नेपालबाट वामपन्थी ओली मार्काहरुले यस्ता कुकृत्यहरु गरिरहेका छन्, केवल वामपन्थीहरु बिधर्मी हुन्छन् भन्ने नाममा ? पक्कै होइन् ।
भारतमा कंग्रेस आईको डा। मनमोहन सिंह नेतृत्वको सरकारको पछिल्लो कार्यकालमा चीनको सिपिसि र भारतीय कंग्रेस आईबीच एउटा यस्तै ‘सहमती’ भयो जस अनुसार भारतबाट कंग्रेस पार्टीले भारतको सुरक्षानिकायले चीन–पाकिस्तानबारे जे कदम चाल्ने भएमा पूर्वजानकारी, भारतीय मीडियामा सूचना संकलन गर्न व्यापक लगानी गर्न पाउने, सनातनधर्म मास्न जेपनि गर्न कदम चाल्ने जस्ताहरु छन् जसबारे गत जुलाई महिनामा पोल खुल्दा यस्तो ‘देशद्रोह सहमति’ गर्ने तात्कालीन कंग्रेस अध्यक्षा सोनियाँ गान्धि र महासचिव राहुल गान्धिमाथि राष्ट्रिय सुरक्षा तथा जाँच ऐजेन्सि (एनएसए÷एनआईए) अन्तर्गत मुद्दा दायर गरिएको छ १ पछिल्लो दिनमा चीन र नेपालका सत्ताधारी सिपिसि र सिपिएन बीचभएको भनिएको ‘सम्बन्ध’ त्यसैको अर्को कडी नेपालमा रहेको जानकारहरुको दाबी छ भने ओली सरकारको हर्कतहरुले पनि यहि प्रमाणित गर्छन् । नेपालमा चीनका हर्कत्हरु गर्न सजिलो बनाउन वा भनौं नेपाललाई ‘हङ्गकङ्ग वा तिब्बत’ ओली बन्ने बेला समस्या नहोस् भनेरै भारतसंग रहेका धार्मिक सम्बन्ध रामायण, श्रीराम, श्रीरामको जन्मभूमी तथा महाभारतजस्ता सनातनधर्मीका प्राणसरह रहेका ग्रन्थहरुमाथि वामपन्थी विद्वानलाई देशको सरकारी तथा दैनिक नीजी ब्रोडशीट मीडियामा षड्यन्त्रमूलकढंगले आमपब्लिकको लेख वा पाठकप्रतिक्रियालाई सेन्सर गरि एकतर्फी स्थान दिईरहेका छन् । नेपालले सन् १९६१ चीनमै नेपालको दसगजा दियो जुन सीयाचेनको भागमा चीनीयाँ सैनिक क्याम्प छ भने सगरमाथापनि तिब्बततर्फबाट दिएको हो भने सन् १९६२ मा कालापानी भारतलाई दिईएको हो, तत्काल सत्ता टिकाउनलाई तर ओली सरकारले राष्ट्रियता देखायो केवल कालापानीमा नक्सा छापेर मन्त्रीपरिषद्बाट पारित गरि चीनको ‘सहयोगमा’ मान्यताको लागि युएनओसम्म पुग्यो जहाँबाट अस्वीकृत गरियो र सल्लाहस्वरुप झपाडपनि खायो तर यहि ओली सरकारले भने सीयाचेन, सगरमाथा वा गोरखा जिल्लाको सामदो र रुई गाउँमा राष्ट्रियता भने देखेनन् १ उल्टै प्रतिरक्षामा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ती ग्रामवासीले उतै जाने भनेकाले तिब्बतमा पारिएको मात्रै भनेनन् कि यस्तो अनधिकृत रिपोर्ट ल्याउनेलाई कार्वाहीगर्ने भन्नपनि भ्याए । अर्थात्, यदि मधेशीले भोली मधेशलाई भारतमा गाभ भन्दाखेरी कम्युनिष्ट ‘सद्दे’मगजको मन्त्रीले भोली त्यसलाई भारतमापनि गाभ्ने छन् १ उनकै भाषामा रुई गाउँवासीसंगै के रुई गाउँका जमीनलेपनि चीनमा मलाई पारिदेउ भन्यो ? फेरि यस्ता अति संवेदनशील मुद्दामा बिना संसदीय छानबीन समिति गठन र त्यसको प्रतिवेदन आउनु बेगर ‘चीनसंग नेपालको कहिंकतै कुनै समस्या छैन’ भन्ने र उल्टै समाचार ल्याउनेलाई कार्वाहीको धम्कि दिने आँट लोकतान्त्रिक सरकारको मन्त्रीलाई कहाँबाट दियो ? यो स्तम्भकार भने नक्सा काण्डमा के बुझ्छ भने कि सुगौली सन्धिदेखि कै नक्साले भारत–चीन दुईटै देशसंग नेपालबाट साँच्च्किै डिल होस्, नसके सन् १९६१ र १९६२ को घट्नाबाट नेपालले १९६२ मा मात्र राष्ट्रियता देख्नुभएन, सन् १९६१ मापनि देखोस् वा ओली सरकारले नेपाललाई चीनमा मर्ज गराउन र तत्काल सरकार टिकाउन पार्टीगत सहकार्य चीनसंग गरि भविष्यमा भारतसंग रहेका धार्मिक, सांस्कृतिक, भौगोलीक, सामाजिक आदि सम्बन्ध भत्काउन नियोजितरुपमा लागिपरेको हो र यो सबै चीनियाँ बीआरआईमार्फत् भईरहेको हो भन्ने तथ्य सबैसामु स्विकार्नु पर्छ ।
तिब्बती निर्वासित राष्ट्रपति लोब्साङ्ग साङ्गेको भारत र संसारभरी प्रशारित एक अन्तर्वार्तामा उनले चीनको एशीयामा रहेको खूनी तथा अति खत्तरनाक प्लानलाई उजागर गरेका छन् जसमा चीनले तिब्बतलाई हाथको हत्केला मानेर कब्जा गरि अब हत्केलाको पाँच औंला बराबर नेपाल, भूटान, लद्दाख, सिक्किम र अरुणाचल लगायत पाँच क्षेत्रलाई कब्जा गर्ने मनसायमा पाकिस्तानसंग मिलेर भारतविरुद्ध काम गरिरहेको बताएका छन् । यस कुरोलाई ध्यानमा राखेर चीन र नेपालका क्रमशः सिपिसि र सिपिएन सत्ताधारी पार्टीहरुले गरेको डीललाई बुझ्दा सबै छर्लङ्ग हुनेछ ।
(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका)


तपाइको प्रतिक्रिया दिनुहोस्