10.2k
Shares
काठमाडौं । टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय अझै पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन । अधिकांश प्रयोगकर्ताले निर्वाधरूपमा टिकटक चलाइरहेका छन् । तर, एनटीसी र एनसेलले टिकटक प्रयोगमा रोक लगाइसकेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भने आजै टिकटक पूर्णरूपमा बन्द भइसक्ने बताउँछन् ।
"भायानेटको बन्द भइसक्यो । वर्ल्डलिङ्क र सुबिसुको केही समयमै बन्द हुँदै छ । उनीहरूले काम गरिरहेका छन् । आजै सबैतिर पक्का बन्द भइसक्छ," खनालले भने ।