विश्वकपको फाइनलअघि आईसीसीका सल्लाहकार एट्किन्सन र पिचबारे चर्चा

5.6k Shares

अहमदाबाद । भारत र अष्ट्रेलियाबिचको विश्वकप फाइनलअघि अहमदाबादको पिचलाई लिएर चर्चा भइरहेको छ । यतिबेला पिचको मुड नाप्ने प्रयास भइरहेको छ ।

मुम्बईमा भारत र न्युजिल्यान्डबिचको सेमिफाइनल खेललाई लिएर आईसीसी पिच कन्सल्टेन्ट एन्डी एट्किन्सन ‘खुसी नभएको’ को बारेमा धेरै चर्चा भएको थियो । मिडिया रिपोर्टहरूले एट्किन्सनलाई उद्धृत गर्दै सेमिफाइनल 'पहिले नयाँ पिचमा खेलाउने तयारी भए पनि पछि प्रयोग गरिएको पिचमा खेलाइएकोु दाबी गरिएको थियो। 

तर, यसबारे पनि आईसीसी स्पष्टीकरण दिइसकेको छ । आईसीसीले विज्ञप्ति जारी गर्दै यसअघि पनि यस्तो भएको बताएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार एटकिन्सन फाइनल हुनुभन्दा ४८ घण्टा अघिसम्म अहमदाबादमा नदेखिएको र यस विषयमा पनि चर्चा सुरु भएको थियो। पीटीआईले स्रोतलाई उद्धृत गर्दै एटकिन्सन शुक्रबार साँझ अहमदाबाद पुगेको र आज (शनिबार) मैदानमा हुने दाबी गरेको छ।


यसैबीच, शुक्रबार वरिष्ठ बीसीसीआई ग्राउन्ड स्टाफ सदस्य आशिष भौमिक र तपोस चटर्जी र बीसीसीआई घरेलु क्रिकेट जीएम अभय कुरुभिल्लाले अन्तिम पिचको तयारीमा नजिकबाट नजर राखेका थिए।

सम्बन्धित समाचार