विश्वकप फाइनलः भारतविरुद्ध अस्ट्रेलियाको सानदार सुरुवात

5.7k Shares

काठमाडौँ ।  एकदिवसीय विश्वकप २०२३ को फाइनलमा भारतविरुद्ध अस्ट्रेलियाले सानदार सुरुवात गरेको छ। भारतले ८१ रन जोड्दा ३ विकेट गुमाएको छ। पाँच बलभित्र २ विकेट गुमाउने क्रममा ओपनर रोहित शर्मा र श्रेयस अय्यर आउट भए।

त्यसअघि पहिलो विकेटका रुपमा ओपनर शुभमन गिललाई ३० रनको अवस्थामा ४.२ ओभरमा गुमाएको भारतले दोस्रो विकेटका रुपमा कप्तान रोहित शर्मालाई ९.४ ओभरमा ४७ रनमा गुमायो।

शर्मा यसअघि सेमिफाइनलमा पनि दक्षिण अफ्रिकाविरुद्ध ४७ रनमा आउट भएका थिए। शर्मा आउट भएपछि क्रिजमा आएका श्रेयस अय्यर ३ बलमा ४ रन बनाएर आउट भए।

अहिले क्रिजमा विराट कोहली २२ बलमा २४ रन बनाएर अविजित रहँदा उनलाई साथ दिन केएल राहुल आएका छन्। अस्ट्रेलियाका लागि मिचेस स्टार्क, ग्लेन म्याक्सवेल र प्याट कमिन्सले समान १–१ विकेट लिए।

घरेलु समर्थकले भरिभराउ विश्वकै सर्वाधिक ठूलो रङ्गशालामा अस्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। उपाधि भिडन्तमा आयोजक भारत र पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलिया दुबै आफ्नो विश्वकप इतिहासमा नयाँ अध्याय कोर्न चाहन्छन्।

सम्बन्धित समाचार