टिकटक चलेको भए तत्काल खबर गर्न दूरसञ्चारको अनुरोध

319 Shares

काठमाडौं- नेपाल दुरसञ्चार प्राधिकरणले टिकटक प्रयोग भएको पाइएमा खबर गर्न अनुरोध गरेको छ।प्राधिकरणले एक सूचना जारी गर्दै हातै प्रतिबन्धित सामाजिक सञ्जाल टिकटक चलेको भए तत्काल खबर गर्न प्रयोगकर्ता एवम् सबैमा अनुरोध गरेको हो।

सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको छ। तर, अझै पनि नेपालमा टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न सूचना जारी गरेको हो।

सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो।

सम्बन्धित समाचार