दुर्गा प्रसाईंका कार्यकर्तालाई मध्यरातमा उठाएपछि…

8.9k Shares

काठमाडौं । आफूलाई युवा संघका कार्यकर्ता भन्ने समूहले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा आएका सर्वसाधारणलाई मध्यरातमा उठाएको देखिएको छ।सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा यस्तो देखिएको हो।प्रसाईंका सर्वसाधारणलाई जबरजस्ती उठाएर घर फर्काउने प्रयास गरेको भिडियोमा देखिन्छ।भिडियोमा धम्कीपूर्ण शैलीमा सर्वसाधारणलाई जहाँबाट आएको हो, उतै फर्किनूस् भनिएको छ।मंसिर ७ गते दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको प्रदर्शनका लागि ती सर्वसाधारण काठमाडौं आएका हुन्।भिडियो भाइरल भएसँगै नेकपा एमालेको चौतर्फी विरोध भइरहेको छ।यता युवासंघका अध्यक्ष क्षितिज थेवेले यस्तो हर्कत युवासंघले नगरेको बताएका छन्।उनले भनेका छन्, ‘हामी अमनावीय काममा लाग्दैनौं, सामाजिक सद्भावको सुशासनको आन्दोलनमा लागेको हो, यस्तो गतिविधिमा निर्देशन दिएको पनि छैन दिँदा पनि दिदैँनौं।’

प्रसाईंले यही मंसिर ७ गते बल्खुमा प्रदर्शन गर्दैछन्। सोही प्रदर्शनमा सहभागी हुन ती सर्वसाधारण आएका हुन्।जिल्ला  प्रशासन कार्यालय, काठमाडौंले  सोमबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आगामी ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो। त्यसपछि दुवै पक्षबीच छलफल गरी प्रसाईं समूहलाई बल्खुचोकमा प्रदर्शन गर्न अनुमति दिइएको हो।प्रशासनका अनुसार सो क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।

सम्बन्धित समाचार