मुलुकलाई स्वास्थ संकट पर्दा आईएनजीओ र एनजीओ कहा हराए

काठमाडौं । कोरोना भचइरसका कारण भयावह अवस्था सिर्जना भइसक्दा पनि डलरको खेती गर्ने र बार्षिक अर्बौं रुपैयाँ खर्च गर्ने आईएनजीओ र एनजीओहरु कहा हराएका छन् ?
पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमित विरामीहरु अक्सिजनको अभावका कारण मृत्युवरण हुँदै आइरहेको अवस्थामा पनि एनजीओ र आइएनजीओहरु कहाँ छन् ।
यता हुनेखाने र पहुँचवालाहरु भने सम्भावित कोरोना भाइरसबाट संक्रमित भइन्छ भन्ने डरले अक्सिजनले भरिएका सिलिन्डर घरमा थुपार्ने कार्य त गरिरहेका छैनन् ? होइन भने चिनबाट ल्याइएको र अन्य मुलकहरुले अनुदानस्वरुप दिएको अक्सिजनका सिलिन्डरहरु कहाँ बेपत्ता भए ?
अक्सिजनकै कारण हिजो मात्रै रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु भएको छ । यो त एउटा उदाहरण मात्र हो । केही दिन अगाडिदेखि अक्सिजन नपाएरै कोरोना भाइरस संक्रमित विरामीहरुको मृत्युदर हेर्ने हो भने कहालीलाग्दो अवस्था सिर्जना भइसकेको छ । अक्सिजनको अभावका कारण बचाउन सकिने बिरामीलाई समेत गुमाउनु परेको छ । विरामीहरु अक्सिजनको अवभावले अस्पतालको बेडमा छटपटाइरहेका छन् भने आफन्तहरु अक्सिजनका लागि लाइनमा बस्न बाध्य छन् । यो भन्दा भयावह अवस्था के होला ? यस्तो भयावह अवस्थामा पनि वार्षिक अर्बौ बजेट खर्च गर्ने एनजीओ–आईएनजीओहरु कहाँ छन् ? सरकारले के हेरेर बसेको छ ?

 


तपाइको प्रतिक्रिया दिनुहोस्