अर्थमन्त्री पुनको सम्पत्ति : ८२० वर्गमिटर जमिन र ३३ लाख ७० हजार रुपैयाँ

5.8k Shares

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनको नाममा ८२० वर्गमिटर जमिन र ३३ लाख ७० हजार रुपैया सम्पत्ति रहेको विवरण सार्वजनिक भएको छ।

मन्त्रीपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। 

रोल्पा नगरपालिकामा ८२० वर्ग मिटर जमिन पैतृक सम्पत्ति रहेको विवरणमा उल्लेख छ।

यस्तै एनएमबी बैंकको खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको उल्लेख छ। सो रकम तलवभत्ता भ्रमणभत्तासमेत रहेको उल्लेख छ।

सम्बन्धित समाचार