तमिल नाडुमा स्मार्टफोन उत्पादन गर्दै गुगल

5.9k Shares

काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले दक्षिण भारतको तमिल नाडु राज्यमा अर्बौँ डलर लगानी गर्दै छ । कम्पनीले स्मार्टफोन उत्पादन कारखाना खोल्न तमिल नाडुमा सो लगानी गर्न लागेको हो । अल्फाबेट इंकको सहायक कम्पनीले राज्यमा पिक्सेल फोन एसेम्बल गर्ने भएको छ ।

करारमा समान बनाइदिने ताइवानी कम्पनी फक्सकोन टेक्नोलोजी ग्रुपसँगको सहकार्यमा कम्पनीले नयाँ प्रडक्शन लाइन बनाउन लागेको बताइएको छ । अल्फाबेटको ड्रोन कम्पनी विङ्गले पनि तमिल नाडुमा ड्रोन असेम्बल गर्ने बताइएको छ । गुगलले भारतमा आफ्नो उत्पादन व्यवसाय विस्तार गरिरहेको छ ।

भूराजनीतिक तनावका कारण एप्पल लगायत अमेरिकी कम्पनीहरूले चीनको उत्पादन बेस अन्यत्र सारिरहेका छन् । यस्तोमा गुगलले पनि भारतमा लगानी बढाइरहेको हो । गुगलले गएको वर्ष भारतमा पिक्सेल ८ स्मार्टफोनको उत्पादन सुरु गर्ने बताएको थियो ।

 
 
सम्बन्धित समाचार