सहकारीबाट ठगिएका पीडितहरू पुनः आन्दोलमा : सबैजसो प्रदर्शनकारी आक्रोशित

5.1k Shares

काठमाडौं । गत वर्षको जेठमा नै ६३ दिनसम्म माइतीघर मण्डलामा रिले अनशन बसेका सहकारीबाट ठगिएका पीडितहरूले पुनः आन्दोलन गर्न थालेका छन् । गत वर्ष सरकारले आन्दोलन रोक्न गरेको सम्झौता हालसम्म पनि कार्यान्वयनमा नल्याएको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभिययान (महासंघ)को नेतृत्वमा आन्दोलन थालिएको हो ।

शुक्रबार उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरे । उनीहरूले माइतीघरदेखि बिजुली बजारसम्म नारा लगाएर मार्चपास गरेका थिए ।

सबैजसो प्रदर्शनकारी आक्रोशित देखिन्थे । जीवनभर कमाएको पैसा सहकारीका सञ्चालकले हिनामिना गरिदिएपछि उनीहरूको आक्रोश स्वाभाविक थियो । प्रदर्शनका क्रममा उनीहरूले सहकारीका सञ्चालकलाई मात्र गाली गरेनन्, सरकारमा बसेका नेताहरूमाथि पनि आक्रोश पोखे । उनीहरूको एउटै माग थियो– ुजसरी हुन्छ, हाम्रो बचत फिर्ता गर ।ु

बर्सौंदेखिको मेहनतको कमाइ सहकारीले गायब पारिदिएपछि उनीहरूले विभिन्न निकाय गुहारे । तर, कतैबाट पनि न्याय नपाएपछि उनीहरू सडकमा ओर्लिएका हुन् ।

उसो त सडक आन्दोलनमा आएको पनि एक वर्ष बितिसकेको छ । यस बीचमा महासंघले नै माइतीघरदेखि तीनकुनेको चौरमा पनि आन्दोलन गरिरह्यो । तर, अहिलेसम्म उनीहरूले सरकारबाट न्याय पाउन सकेका छैनन् ।

सम्बन्धित समाचार