5.3k
Shares
काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् ।
बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटवार्ता गरेका विप्लवले बिहीबार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेता नेपाललाई भेट्न उनी कोटेश्वर पुगेका थिए ।
धर्मेन्द्र बास्तोलालाई लिएर विप्लव नेपाल निवास पुगेका थिए । यसअघि प्रचण्डसँगको भेटमा पूर्वमाओवादीमा रहेका सबै नेता एक ठाउँमा हुनुपर्ने विषयमा छलफल भएको बताइएको छ ।