एजेन्सी–भारतको तमिलनाडु राज्यमा यात्रुवाहक रेल र पार्क गरिएको मालवाहक रेलबीच दुर्घटना भएको छन्। दुर्घटना तमिलनाडुको राजधानी चेन्नईमा शुक्रबार साँझ भएको थियो।
दुर्घटनामा कम्तीमा सात यात्रु घाइते भएका छन् ,मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।कम्तीमा सात यात्रु घाइते भएका छन्।
रेलको एक अधिकारीले भने, “यात्रुवाहक रेल ७५ किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको थियो। यो मालगाडीसँग ठोक्कियो र रेलको एक कोचमा पनि आगो लागेको थियो।”
रेलवे अधिकारीहरूका अनुसार रेल मुख्य लाइन हुँदै जानुपर्ने थियो, तर लुप लाइनमा छिरेको थियो।
रेलवेका वरिष्ठ अधिकारी आरएन सिंहले भने,“ दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान गुमेको छैन्। सात देखि आठ जना यात्रु मात्र घाइते भएका छन्। घाइते सबै जनालाई अस्पताल भर्ना गरिएको छ।”
दुर्घटनामा घाइते हुनेको सङ्ख्या १९ जना पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अधिकारीहरुका अनुसार दुर्घटनाको समयमा यात्रुवाहक रेलमा एक हजार ३६० जना सवार थिए।