परिवारका हरेक पात्रले एकआपसमा गरिने सन्तुलित व्यवहार नै परिवारभित्रको अनुशासन हो

परिवारका हरेक पात्रले एकआपसमा गरिने सन्तुलित व्यवहार नै परिवारभित्रको अनुशासन हो । परिवारको अनुशासनको कुरा गर्दा प्रत्येक व्यक्तिले आफ्नो पहिचान र भूमिकाको विषयमा हेक्का राख्नु अत्यन्त जरुरी हुन्छ । जस्तो एकजना घरको मूली मान्छे छोराछोरीको सामू पिता, श्रीमतीको सामू श्रीमान, आमाबुबाको सामू छोरा, दिदी, दाजुको सामू भाई र भार्ई, बहिनीको सामू दाइ हो । त्यस्तै घरकी गृहिणी सासु ससुराको बुहारी, श्रीमानको श्रीमती, छोराछोरीको आमा, भार्ईबहिनीको भाउजु, दिदीदाजुको बुहारीको भूमिकामा हुन्छिन् । त्यस्तै छोराछोरी, दाजुभाई, दिदीबहिनी, काकाकाकी, हजुरबा, हजुरआमा आदि सम्बन्धहरूको पहिचान हुनु आवश्यक छ । त्यस सम्बन्ध अनुसारको आफ्नो भूमिका, कर्तव्य र जिम्मेवारी पुरा गर्नु नै परिवारको अनुशासन हो । परिवारको सौन्दर्य भनेको प्रेम र विश्वास हो । प्रेम र विश्वास अनुशासनमा निर्भर हुन्छ । यसैलाई सभ्य परिवार, सुखी परिवार भनिन्छ । यदि छोराछोरीले आमाबुबाको सामुन्ने छोराछोरी बन्न सकेनन भने, आमाबुबा छोराछोरीको सामू आमाबुबा बन्न सकेनन भने, श्रीमानको सामू श्रीमती, श्रीमतीको सामू श्रीमान भएर भूमिका निर्वाह गर्न सकेन भने, सासु ससुराको सामू बुहारी र बुहारीको सामू सासुससुराको भूमिका निर्वाह भएन भने वा कसैले आफ्नो जिम्मेवारी ग्रहण गर्न छोड्यो भने परिवारभित्रको आपसी सम्बन्ध सुमधुर हुन सक्दैन । परिवारमा बिस्तारै असन्तोष पैदा हुन्छ अनि विश्वासको संकट प्रारम्भ हुन्छ । प्रेम घृणामा बदलिन्छ । मानिस इष्र्याले भित्रभित्र जल्छन । परिवारमा द्वन्द्वको झिल्को सल्किन्छ र बिस्तारै फैलिँदै जान्छ । जब परिवारमा कसैको जिम्मेवारीमा, व्यवहारमा तलमाथि पर्न जान्छ वा कसैले तलमाथि गर्न थाल्छ, तब परिवारमा समस्याको प्रारम्भ हुन्छ । आफ्ना इच्छा, चाहना अनुरूप खोज्नु मान्छेको स्वभाव नै हो । आफूले ठिक देखेकै सबभन्दा उत्तम देख्नु पनि गलत होइन । हरेकले परिवारमा आफ्नो सोचविचार, इच्छालाई लागु गर्न खोज्छन । कहिले ज्येष्ठ सदस्यको विचार हावी हुन्छ, कहिले घरमुलीको निर्देशन हावी हुन्छ । कहिले छोराछोरीको चाहनाले प्रभाव पार्नथाल्छ त कहिले गृहिणीको इच्छाको असर देखापर्छ । यी सबै विचारहरूबिच सधैँ मेल हुँदैन । अन्तमा कसैको विचारको बलिदान हुन्छ वा बलिदान गर्नुपर्ने हुन्छ । त्यतिबेला ज्येष्ठहरूले सबै विचारलाई परिवारको खातिर एकरूपता कायम गर्न अभिभावकत्वको भूमिका खेल्नु आवश्यक हुन्छ । त्यसैले त कहिले आमाको कारण, कहिले बाबुको कारण त कहिले छोराछोरीको कारण, कहिले बुहारीको कारण परिवारको गतिमा परिवर्तन हुन्छ । जुन बेला विचारविचार बिच एक किसिमले द्वन्द हुन्छ, त्यति बेला अनुशासनलाई हेक्का राख्न सकेन भने असमझदारी उत्पन्न हुन्छ । हामीले परिवारमा सबैको विचार व्यक्त गर्ने अवसर दिनुपर्छ, परिवारमा सबैको कुरा सुन्ने वातावरण हुनुपर्छ । डर, त्रासको दवाबमा परिवारलाई सुखसँग लामो समयसम्म हाँक्न सम्भव हुँदैन । डर, त्रासमा रहेको परिवारमा भित्रभित्र असन्तोषको झिल्को सल्किरहेको हुन्छ अन्ततः परिवार नराम्रोसँग विखण्डनमा भासिन पुग्छ । परिवारको अर्को श्रृङ्गार मानमर्यादा र शिष्टता हो । कहिलेकाहीँ परिवारमा कुनै सदस्यलाई कामको विषयमा, कमाइको विषयमा, क्षमताको विषयमा, सम्पत्तिको विषयमा कुनै पक्षपात भएको, अन्याय भएको महसुस हुनसक्छ, त्यस विषयको समयमै निराकरण हुन सकेन भने समस्याको रूपमा देखापर्छ । परिवारमा गुटबन्दी प्रारम्भ हुन्छ । त्यसको परिणाम परिवारको दुःखद विभाजन हुन्छ । परिवारमा घट्ने सानो घटनालाई उदाहरणको रूपमा स्मरण गरौँ । 
दुई जना छोराहरू, बुहारीहरू र नातिनातिनीहरू सहितको एउटा संयुक्त परिवार छ । ती दुई मध्ये जेठो अलि अल्छी, जाँगरिलो पनि छैन, मेहनती पनि छैन । उसको लगाव कामप्रति नभएको कारण काम पनि गतिलो हुँदैनथ्यो । उसको दाँजोमा भार्ईचाहिँ चल्ताफुर्ता, छिटोछरिटो, मेहनती छ । उसले गरेको काम धेरैजसो राम्रो हुनेगथ्र्यो । जसको कारण घरमा दाइको दाँजोमा भाईको प्रभाव विस्तारै हावी भयो । आमाबुबाले मात्र होइन, परिवारका अन्य सदस्यहरूले पनि अलि महत्वपूर्ण काम गर्नुपर्ने भयो भने सधैँ नै भाईलाई नै जिम्मेवारी दिन थाले । परिवारको विषयमा कसैसँग कुरा गर्नुप¥यो, अड्डा अदालतको काममा पनि उसैलाई अघि सार्न थाले । निसन्देह घरको कुनै गम्भिर विषयको निर्णय पनि उसकै रायमा हुन थाल्यो । घरमा दाजुलाई न कुनै जिम्मेवारी दियो, न त कुनै स्थान नै दिइयो । दाजु परिवारमा बिस्तारै पाखा लाग्दै गइरहेको थियो । घरपरिवारको भरोसा भाईमा बढ्दै गयो । घरमा कहिलेकाहीँ भाईले दाइलाई काम लगाउने सम्मको अवस्था सिर्जना भयो । परिवारमा भाईको भूमिका हावी भयो र दाइको भूमिका कमजोर हुँदै गयो । योे परिवारभित्रको असन्तुलन हो । यस्तो अवस्थामा दाइको मनस्थिति र भाईको मनस्थिति कस्तो होला ? दुवैको श्रीमती र छोराछोरीमा कस्तो मानसिक प्रभाव पर्छ ? निश्चय नै दाइले अपमानित अनुभव गर्न थाल्छ र परिवारमा आफ्नो कुनै औकात नभएको, परिवारले कुनै स्थान नदिएको अनुभूति हुन थाल्छ । त्यति मात्र नभएर श्रीमती र छोराछोरीमा पनि अपहेलित भएको अनुभूति हुन थाल्छ । उता भाईचाहिँ मै हूँ भन्ने घमण्डले गमक्क परेको हुन्छ । उसमा परिवारको हर्ताकर्ता मै हुँ भन्ने सोचले व्यापकता पाएर ऊ सबैको नियन्त्रण गर्नतिर लाग्छ । भाईको श्रीमती र छोराछोरीको व्यवहार पनि अहंकारी हुन थाल्छ जसले गर्दा दाईको परिवारलाई पटकपटक घोचिरहेको हुन्छ । यस्तो अवस्थामा दाईले पनि मर्यादा भुल्न सक्छ, भार्ईले पनि मर्यादा भुल्न सक्छ, दुवैले शिष्टता गुमाउन सक्छन् । दुवैको बोली, व्यवहारमा फरक हुन थाल्छन । एक किसिमले असन्तुलित व्यवहार देखिन थाल्छ । दुवैमा नकारात्मक प्रभाव प्रारम्भ हुन्छ । यतिबेला दुवै जनाले आ– आफ्नो विचार र भूमिका नै उचित भएको दावी गर्छन् । दुवै जना मात्र होइन, दुवैको परिवारले समेत अनुशासन भुल्न सक्छन् । यसले अन्ततः परिवारमा सहिष्णुता, अनुशासन भंग हुन्छ । रिस, द्वेष, ईष्र्याको बिउ अंकुरण हुन्छ । अशान्ति, कलह प्रारम्भ हुन्छ र अन्ततः परिवार विखण्डन हुन्छ । अभिभावकले दुवै छोराहरूलाई बेलैमा सन्तुलनमा राख्न प्रयास नगर्नाले आउने परिणाम यही हो । दुबै दाजुभार्ईले एकअर्कालाई आघात पर्न सक्छ भनेर हेक्का नराख्नाको कारण यो परिणाम देखापर्दछ । यस्तो परिणाम आखिर न दाजुभाईको लागि सुखद हुन्छ न परिवारको लागि सुखद हुन्छ । 
परिवारमा हुने अर्को व्यवहारको पनि छोटो चर्चा गर्नु उपयुक्त होला । माथि उल्लेख गरेको भाईको जस्तो स्वभाव भएकोलाई धेरै जिम्मेवारी दिने, हरेक काम लगाउनु स्वभाविक हुन्छ । घरको काममा तुरुन्त दौडिनुपर्ने भयो भने उसैको नाम लिइन्छ, उसैलाई तुरुन्त काम गर्न जिम्मेवारी दिइन्छ भने त्यस्तो अवस्थामा काम गर्नेको कमजोरी हुने सम्भावना पनि उतिकै हुन्छ । घरको काममा कहिलेकाहीँ सोचे अनुसार भएन भने वा बिग्रिहाले भने अपजस पनि उसैमा आउँछ । दाईको जस्तो स्वभाव भएकाहरूलाई हत्तपत्त तत्काल गरिहाल्नु पर्ने कामको जिम्मेवारी दिइँदैन । यो व्यवहारले परिवारभित्र दुई किसिमको मानसिकता विकास हुन्छ । घरमा सबैले मलाई मात्र काममा लगाउँछन र परिवारमा म मात्र छु र ? मैले मात्र खाने हो र ? म नोकर हुँ र ? कसैले केही नगरेर बस्ने ? म चाहिँ जसोतसो काम पनि गर्नुछ, अपजस पनि बोक्नुछ आदि सोचेर काममा जाँगर नलाउनु, त्यति मात्र होइन, बहाना बनाएर जिम्मेवारी छोडने सम्मको भाई प्रवृत्तिमा नकारात्मक विचार उत्पन्न हुनसक्छ । नकारात्मक सोचको विकास भएपछि अनेकन बहाना बनाएर काममा नलाग्ने प्रवृत्ति देखापर्दछ । यसले काममा त नकारात्मक असर पर्छ नै, परिणाम पनि जसरी आउनु पर्ने हो, त्यसरी आउँदैन वा काम बिग्रिन्छ, नोक्सान हुन्छ । त्यसबेला पनि उसमा नोक्सान भयो भनेर बोध हुनुको सट्टा, देख्यौ, मैले नगर्दा कस्तो भयो ? अब थाहा होला ? मैले कसरी गर्दै आईरहेको थिएँ भन्ने सोचले दङ्ग पर्न थाल्छ । त्यति मात्र होइन, परिवारले ब्यहोर्नु परेको नोक्सान अरूमाथि थोपर्न पनि पछि पर्दैन । अर्को दाईको जस्तो प्रवृत्तिमा नकारात्मक विचार आउन सक्छ । जसले हरेक पल भाईको काममा साथ दिनु त टाढाको विषय भयो, अप्रत्यक्ष रूपमा बाधा पु¥याउन समेत पछि पर्दैन् । ऊ आफू भने अनेक बहानामा जिम्मेवारीबाट पन्छिने तर भाईलाई असक्षम, अयोग्य साबित गर्ने प्र्रयासमा लाग्छ । भाईको काममा कहिँ कतै सानो गल्ती वा कमजोरी भेटियो कि तिललाई पहाड बनाएर खिचलो गर्छ । ऊ वातारण असहज बनाउने प्रयत्न गर्ने, भार्ईको मनोबल कमजोर बनाउने र अन्ततः भाईलाई हतोत्साही बनाएर पछि पार्ने कार्य गर्नतिर लाग्छ । यसैलाई खुट्टा तान्ने प्रवृत्ति भनिन्छ जसको कारण परिवारको जिम्मेवारीबाट ऊ पछाडि हट्न बाध्य हुन्छ । घरपरिवारको काममा एकजनाको हात छुट्यो भने धेरै नोक्सान हुन्छ । आखिर फाइदा कसलाई हुन्छ त ? न आफूलाई न परिवारलाई । नकारात्मक सोच लिएर काममा लाग्दा काममा बोझ हुन्छ, मनमा दुःख हुन्छ, दिक्दारी हुन्छ यसले गर्दा रिस, क्रोधले भित्रभित्रै जलन हुन्छ । यस्तो अवस्थामा गरेको कामको नतिजा कसरी सुखद हुन्छ त ?
नकारात्मक सोचले व्यवहारमा आउने परिवर्तनको एउटा यथार्थ प्रसङ्ग जोडौँ । केटाकेटीमा हामी दशैँ प्रारम्भ हुनुभन्दा अगाडिदेखि नै चङ्गामा रमाउथ्यौँ । साथीहरू मिलेर चङ्गा उडाउने व्यवस्था मिलाउथ्यौँ । त्यति बेला निजी विद्यालय थिएन् । सरकारी विद्यालयहरूमा दशैँको घटस्थापनादेखि नै विदा दिइन्थ्यो । हामीलाई चङ्गामा रमाउन मनग्य समय पनि मिल्थ्यो । केटाकेटी मात्र नभएर वयस्क, युवाहरू पनि चङ्गामा रमाउने गथ्र्यौँ । त्यतिबेला अहिले जस्तो समय बिताउने थुप्रै उपायहरू थिएनन् । त्यो समयमा हामी सबै रमाइलै मान्थ्यौं । गाउँघरमा समूहको जेठो व्यक्तिले जेठोले नेतृत्व गर्दथ्यो । चङ्गा उडाउन चाहिने लटाइँ, धागो र चङ्गाको व्यवस्था एक्लैले गर्ने सम्भावना त्यतिबेला निकै कम थियो, सो समूहमा रहेका व्यक्ति मध्ये कसैको अभिभावकले उक्त कार्यको व्यवस्था मिलाएको रहेछ भने सो व्यक्ति हिरो मानिन्थ्यो र समूहमा उसैको नेतृत्व चल्थ्यो । त्यस बेला हामी घरमा मकै भुट्न बनाएको निगालोको मसिनो सिङ्को र च्वापीको सिङ्कोमा भातले कागज टाँसेर चङ्गा बनाएर उडाउँथ्यौं । चङ्गामा वजनको सन्तुलन नमिल्ने भएकोले होला, किनेको चङ्गा जसरी राम्ररी उड्दैनथ्यो । हामी पुच्छर झुण्ड्याएर उडाउने गथ्र्यौं । हावा लाग्ने बेला भएर होला, चङ्गा जसरी पनि उड्ने गर्दथ्यो । हाम्रो समूहमा रहेको एकजनाले चङ्गा लिएर अलि परसम्म गएर हावा लाग्यो कि उफ्रेर अलि माथिसम्म छोड्ने गथ्र्यो ताकि चङ्गा उड्न सजिलो होस् । हामी त्यस बेलामा चङ्गा उडेपछि दंग परेर रमाइलो मान्थ्यौँ, पालैपालो लटाईँ समाएर उडाउँदा निकै रमाइलो हुन्थ्यो । एक जनाले चङ्गा उडाउनै पाएको हुँदैन, अर्को साथीलाई दिनुपर्ने भइसकेको हुन्थ्यो । त्यसै बेलामा कसैले चङ्गा जुधाउन खोज्यो भने छल्नुपर्ने हुन्थ्यो अनि हामी मध्ये अलि जान्नेले लिन्थ्यो । कहिलेकाहीँ त चङ्गा तान्नै नभ्याउँदै जुध्ने भयो भने भुईँमै झार्ने काम समेत गथ्र्यौँ, कसै गरेर चङ्गा चेट भयो भने हामीसँग अर्को वैकल्पिक चङ्गा हुँदैनथ्यो त्यसैले हामी चङ्गा जोगाउनमा लागिरहन्थ्यौं । चङ्गा उडाउँदा एउटा नियम छ । चेट भएको चङ्गा जसले लिन सक्यो, उसैको हुन्छ । हामी चङ्गा जुधेको हेरिरहन्थ्यौं र चेट भएको चङ्गा लिन दौडिहाल्थ्यौँ । हामीलाई त्यसबेला खेतबारी, भिर, कान्लाको समेत त्यति मतलब हुँदैनथ्यो भने कतै लडिन्छ भन्ने कुराको समेत वास्ता हुँदैनथ्यो । त्यसको परिणामस्वरूप खेतको नोक्सान भयो भनेर गाली पनि खानुपर्दथ्यो । हामीले चङ्गा भेटायौं भने मानौ ठूलै सफलता हात परेको जस्तो हुन्थ्यो । हामी कहिलेकाहिँ त त्यो चङ्गा जेठा दाजुहरूलाई बेच्ने पनि गथ्यौँ । चङ्गा चेट हुँदा चङ्गासँगै आउने धागो पनि हामीलाई उतिकै महत्वपूर्ण हुन्थ्यो । त्यस समयमा चङ्गा उडाउन धागोको खाँचो धेरै हुने गर्दथ्यो । हामीले जति धागो फेला पार्न सक्यो, त्यति नै गाँठो पार्दै लटाईँमा जोडेर मख्ख पथ्र्यौँ, हत्तरपत्तर धागो जम्मा गर्नुपर्ने हुँदा हातैमा बेथ्र्यौँ । त्यसरी हातमा धागो बेरेर जम्मा गर्दा कैयौँपटक त धागोले काटेर घाउ समेत हुन्थ्यो । त्यस समयमा चङ्गा उडाउने धागोलाई चिप्लो खस्रो धार बनाएर बलियो बनाउने चलन थियो । हामीले पनि नयाँ सिङ्गो धागो पाएको बेला त्यसरी नै धागोलाई बलियो, धारिलो बनाउने गथ्र्यौँ, भात वा ढिँडोमा, घरको ओसिलो गारोमा, पाको ईट्टामा आउने सेतो खार मुछेर धागोमा लगाएर सुकाएर धारिलो बनाउँथ्यौँ । पछिल्लो समयमा भने बिजुलीको जलेको चिमलाई कपडामा पोको पारेर कुटेर धुलो बनाई त्यसलाई भात वा ढिँडोमा मुछेर धागोलाई धारिलो बनाउने चलन प्रारम्भ भयो । धागोले हात काट्ने पनि हुन्थ्यो । त्यसरी रमाइरहेको हाम्रो समूहलाई बेलाबेलामा जेठो दाजुहरूले काम लगाइरहेका हुन्थे । त्यतिबेला आफूभन्दा जेठाहरूलाई आदरसम्मान गर्ने चलन अहिलेभन्दा धेरै थियो । दाजुहरू धेरैजसो धागो, चङ्गा किन्न पठाइरहन्थे । हामीलाई त्यसरी सामान किन्न जान मन नलागेपनि जानुपर्दथ्यो । हामीहरू त्यस किसिमको काममा जान नपरोस् भनि अनेक बहाना पनि गथ्यौँ । त्यस अवस्थामा अति नै हुँदा कहिलेकाहीँ चङ्गा लिएर दौडेर आएर अघि पुग्दा ठेस लागेको जस्तो अभिनय गरेर चङ्गा च्यातिने गरेर लड्ने गथ्र्यौँ । केटाकेटीमा दौडेरै आउनेजाने स्वभाव हुँदोरहेछ । चङ्गा हातले समातेर दौडिन अप्ठ्यारो हुन्छ, त्यसैले छात्तीमा टाँसेर दौडिने गथ्र्यौँ, त्यस्तो अवस्थामा लड्दा चङ्गा जोगिने सम्भावना कमै हुन्थ्यो । यसरी एकाध पटक चङ्गा च्यातिन थालेपछि भरोसा नगरेर चङ्गा किन्ने काममा पनि जानु पर्दैन भन्ने हाम्रो विश्वास थियो । यो हाम्रो किशोर अवस्थाको यथार्थ घटना हो । हामीले यसबाट के बुझ्न सक्छौं भने नकारात्मक विचार विकसित हुँदा मानिस अनेक बहाना गरेर जिम्मेवारीबाट पन्छिने प्रयास गर्दछ । त्यसले पनि सिप चलेन भने कामै बिगारेर पनि जिम्मेवारीबाट पछि हट्ने प्रयास हुन्छ । यदि परिवारमा पनि यस्तै प्रवृत्ति विकास भयो भने के होला ?
कामको जिम्मेवारी दिनु भनेको विश्वास हो, भरोसा हो । त्यसैले परिवारको जिम्मेवारी पाउनु भनेको परिवारको विश्वास पाउनु हो, भरोसा पाउनु हो । त्यति मात्र होइन जति बढि कामको जिम्मेवारी पाउँछ, त्यति नै धेरै खारिने, परिपक्व हुने, सक्षम हुने, नयाँ अनुभव पाउने, नयाँ कुरा सिक्ने अवसर पाउनु पनि हो । सत्य यही हो । यसलाई यसरी नै सकारात्मक रूपमा लिनसक्यो भने काममा रमाउन सक्छौँ, आनन्द लिन सक्छौँ । यसले गर्दा मानिसलाई गौरवको अनुभूति हुन्छ । मानिसले आनन्दित मनले गरेको काममा लगाव हुन्छ, मेहनत हुन्छ अनि परिणाम निश्चय नै राम्रो हुन्छ, अपेक्षा गरेजस्तो परिणाम मिल्छ त्यस्तै काममा सफलतै सफलता मिल्छ । निरन्तर काममा लाग्ने मानिसहरूको मानसिक ताजापन कायम हुन्छ, शरीर तन्दुरुस्त हुन्छ, यो वैज्ञानिक तथ्य हो । जिम्मेवारी पाउनु भनेको महत्व पाउनु हो, स्थान पाउनु हो । त्यसैले त कुनै कर्मचारी वा संस्थाका जिम्मेवार व्यक्तिले आफ्नो जिम्मेवारी अनुरूप काम गरेन भन्ने शंका लाग्यो भने, अहित हुने देखियो भने निलम्बनमा राखेर छानबिन गर्ने गरिन्छ । निलम्बन भनेको भरोसा नगर्नु हो, विश्वास नगर्नु हो, त्यसैले उसलाई निलम्बन गरेर कामको जिम्मेवारीबाट हटाउने गरिन्छ । समाजमा यदि दाई प्रवृत्तिले पनि भाईको काममा सघाउने र आफू पनि भाईजस्तै परिवारको विश्वासपात्र बन्ने अठोट लिएर जागरुक भई कामको जिम्मेवारी लिने र जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने सकारात्मक विचारमा बदलिन सक्यो भने निश्चय नै दाई प्रवृत्ति पनि सबल हुन्छ, सक्षम हुन्छ । त्यस्तै भाई प्रवृत्तिले पनि आफ्नो व्यवहारले दाइको मनमा ठेस नपुगोस् भनेर मानमर्यादामा ध्यान दिन सक्यो भने वास्तवमै परिवार सुखी, खुशी र प्रेममय हुन्छ । क्रमशः


तपाइको प्रतिक्रिया दिनुहोस्