मृगौला प्रत्यारोपणपछि बिरामी भन्छन् : ‘सुमेरु अस्पतालमा सोचेभन्दा सयौं गुणा बढी सेवा सुविधा पाए“’

5.7k Shares

ललितपुर । धापाखेलस्थित सुमेरु सामुदायिक अस्पतालले २०७६ साउनबाट मृर्गौला प्रत्यारोपण सुरु गरी थुप्रै मृगौला रोगीको मृगौला सफलतापूर्वक प्रत्यारोपण गर्दै आइरहेको छ ।
मृगौला रोगीका लागि डायलोसिस सेवा उपलब्ध गराउँदै आएको सो अस्पतालले सरकारले निर्धारण गरेको शुल्कमै मृगौला प्रत्यारोपण गर्दै आइरहेको छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेको नेतृत्वमा अस्पतालले ७ जनाको सफलतापूर्वक मृर्गौला प्रत्यारोपण गरेको छ । गत वर्षदेखि फैलिएको कोरोना भाइरसको महामारीका कारण केही समय मृगौला प्रत्यारोपण रोकिए पनि कोरोना भाइरसको न्यूनिकरणसँगै सुरु गरिएको थियो । फेरि दोस्रो फेजको कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । दोस्रो फेजको कोरोना भाइरसको न्यूनिकरण भएसँगै फेरि दुई जनाको सफलतापूर्वक मृगौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल भएको छ ।
केही दिन अगाडि मात्र तनहुका ३१ वर्षीय सुशील मल्लको सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको छ । मल्ल मृगौला प्रत्यारोपण गरी मंगलबार डिस्चार्जसमेत भएका छन् । आफूलाई कसरी मृगौला बिग्रियो पत्तै नभएको, आँखामा समस्या देखेपछि चेकजाँच गर्दा आफ्नो मृगौला पूर्णरुपमा बिग्रिसकेको थाहा भएको उनले खोजतलाससँगको कुराकानीमा बताए । मृगौलाको समस्या देखिएपछि झण्डै ६ वर्ष औषधी सेवन गरेको र ६ महिनाजति आफूलाई एकदमै गाह्रो भयो त्यसपछि डायलासिस नै गर्नुपर्ने अवस्था आएपछि चार महिनासम्म डायलासिस गरेको मल्ल बताउँछन् । त्यसपछि मल्लका बाबुको ब्लड ग्रुपदेखि सबै मिलेका कारण बाबुको मृगौला आफ्नो शरीरमा प्रत्यारोपण गरेको र प्रत्यारोपण गरेको आठ दिनमै आफूले विगतको जस्तै सामान्य भएको महसुस भएको मल्लले बताए ।
मृगौला प्रत्यारोपणको लागि भारतमै गएर प्रत्यारोण गर्नुपर्छ भन्ने अवस्था अहिले नरहेको सुमेरु अस्पतालले प्रमाणित गरिदिएको छ । कानुनी रुपमा अंग दानलाई बाधा अड्चन ल्याएको छ, त्यसलाई सरकारले कानुनी रुपमै सहजता अप्नाई नाता गोता र कसैले अंग दान गर्न चाहेको खण्डमा त्यसलाई सहज वातावरण बनाई अंग दान गर्न सक्ने कानुनी प्रावधान ल्याएको खण्डमा नेपालीले विदेशमा गएर मृगौला जस्ता अंग प्रत्यारोपण गर्नुपर्ने अवस्था नरहेको मल्ल गुनासो पोख्छन् ।
मृगौला प्रत्यारोपणको विषयलाई लिएर भन्नुपर्दा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनालसमेत यसबाट पीडित भइसकेका छन् । यस्तो समस्यालाई बुझेर उनीहरुले अंग दानलाई केही कानुनी रुपमा सहजता ल्याउन पहल गरिदिएको खण्डमा नेपालीले विदेशमा गएर अंग प्रत्यारोपण गर्नुपर्ने अवस्था अहिले नभएको मल्ल बताउँछन् । किन कि यस्ता अंग प्रत्यारोपण गर्ने विशेषज्ञहरु नेपालमै छन् अंग प्रत्यारोपण गर्दा चाहिने सम्पूर्ण सामाग्रीहरु नेपालमै उपलब्ध भइसकेको अवस्थामा कानुनी प्रावधानका कारणले मात्र नेपालीले विदेशमा गएर अंग प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको हो ।
आफूले सोचेभन्दा र अरुले चलाएको हल्ला भन्दा सुमेरु अस्पतालमा सयौं गुणा सेवा सुविधा र अनुभवी विशेषज्ञ डाक्टरहरु र मृगौला प्रत्यारोपणमा खटिएका टिम एकदमै राम्रो भएको मल्ल बताउँछन् । मृगौला प्रत्यारोपणपछि पनि २४ सै घन्टा डाक्टरहरुले निगरानीमा राख्ने र समय—समयमा विरामीको अवस्थाको बारेमा जानकारी लिइरहने भएका कारण पनि विरामीको आत्मबल बढाउने काम सुमेरु अस्पतालको मृगौला प्रत्यारोपण टिमले नै गर्ने गरेको आफूले पाएको तनहुँ ब्यास नगरपालिकाका मल्ल बताउँछन् । विरामीलाई गर्ने निगरानीदेखि लिएर मृगौला प्रत्यारोपणमा खटिने टिमबाट सतप्रतिसत सन्तुष्ट रहेको र अहिले सामान्य अवस्थामा आएकोमा आफू एकदमै खुसी भएको उनले कुराकानीकै क्रममा बताए ।

सम्बन्धित समाचार