२,५२५ काेराेना संक्रमित थपिए, ३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५२५ जना कोभिड संक्रमित थपिएका छन् । १४ हजार ८१० वटा नमुनाको परीक्षण गर्दा २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा ३५ जनाको मृत्यु भएको छ भने २ हजार ८६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार २५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्