मुद्रण व्यवसायीसँगै ज्योतिलाइफ

काठमाडौं । मुद्रण व्यवसायीहरुको छाता संगठन मुद्रण व्यवसायी संघ बागमती प्रदेशले कर्मचारीको हितका लागि ज्योतिलाइफसँग विमा सम्झौता गरेको छ ।
प्रेसमा काम गर्ने कर्मचारीहरुको विगतमा हुँदै आइरहेको दुर्घटनालगायत घातक रोगका कारण कर्मचारीहरुले व्यहोरोको आर्थिक अभावका कारण मृत्युवरण समेत हुने अवस्थालाई मध्यनजर गर्दै मुद्रण संघ बागमती व्यवसायी संघले ज्योतिलाइफ इन्सुरेन्ससँग विमा सम्झौता गरेको छ ।
भाद्र ८ गते मंगलबार ज्योतिलाइफका सिईओ प्रकाश विक्रम खत्री र मुद्रण व्यवसायी संघ बागमती प्रदेशको तर्फबाट भक्तबहादुर श्रेष्ठ, अनिलकुमार लामा र सुदेश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षेर गरेका छन् ।
बागमती प्रदेशमा रहेका मुद्रण व्यवसायीहरुले यो सम्झौतासँगै अनिवार्यरुपमा कर्मचारीको बिमा गराउनुपर्ने मुद्रण व्यवसायी अनिलकुमार लामाले बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्