आज २४ संक्रमितको मृत्यु

काठमाडौं, १३ भदौ । कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ७ सय १४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज नेपालमा कोरोना भाइरसका १ हजार ३ सय ८८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ५९ हजार २ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख १२ हजार ७ सय १२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा १० हजार २ सय ९७ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।


तपाइको प्रतिक्रिया दिनुहोस्