पाराओलम्पिकमा पलेशा पहिलो खेलमै पराजित

2.5k Shares

काठमाडौं । टोकियो पाराओलम्पिकमा नेपालकी पलेशा गोवद्र्धन पहिलो खेलमै पराजित भएकी छन् ।

पारा तेक्वान्दोतर्फ के४४ विधा अन्तर्गत ५८ केजीमूनि तौलसमूहको प्रिक्वाटरफाइनल खेलमा पलेशाले ब्रिटेनकी खेलाडीसँग २१–८ अंकका आधारमा पराजय ब्यहोरेकी हुन् ।

पदक जित्ने लक्ष्यसहित टोकियो पुगेकी १८ वर्षीय पलेशा पहिलो खेलमै केहि हतोत्साही देखिएकी थिइन् । उनले सुरुआती २ राउण्डमा राम्रो खेल्न सकिनन् । तेस्रो राउण्डमा सुधारिए पनि ढिला भइसकेको थियो ।

हारे पनि पलेशाले कांस्य पदकका लागि अर्को विकल्पमा खेल्न पाउनेछिन् । रेपिचेज प्रणाली अन्तर्गत हार्नेहरुबीचको प्रतिस्पर्धाबाट कांस्यको छिनोफानो गरिनेछ । यो झनै कठिन बाटो हुनेछ । किनभने कांस्य जित्नका लागि उनले अब तीन खेल जित्नुपर्नेछ । पाराओलम्पिकमा यो तौलसमूहको सबै खेल आजै हुनेछ ।

सम्बन्धित समाचार