बारीबाट एभोकाडो चोर्ने समूहलाई प्रहरीले समात्यो

2.7k Shares

काठमाडौं । प्रहरीले एभोकाडो चोर्ने १२ जनालाई पक्राउ गरेको छ ।

एभोकाडो चोरी गर्नेको खोजी गर्ने महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोली परिचालन गरिएको थियो । केही समयदेखि विभिन्न स्थानमा एभोकाडो चोरी भएको सूचना आएपछि प्रहरीले चोरी गर्ने गिरोहलाई खोजी गरिरहेको थियो ।

संयुक्त टोलीले निगरानी गरेर समातेका हौँ । थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप र काभ्रेका युवाहरू रहेका छन् । उनीहरूले यसरी चोरी गरेको फल फलफूल पसलमा लगेर बेच्ने गरेको देखिएको छ ।

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराको घरमा रहेको एभोकार्डो चोरी भएपछि उनले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

सम्बन्धित समाचार