सरावगीलाई चाडवाडमा छुटको नाममा उपभोक्ता ठग्न छुट, काला कर्तुत लुकाउन प्रहरीलाई प्रयोग गर्दै सरावगी

काठमाडौं । भारतबाट जुत्ता चप्पलबाट नेपाल छिरी सामान्य जुत्ता पसलबाट व्यापार व्यवसाय सुरु गरेका मनोज कुमार सरावगी (अग्रवाल)ले भन्सारमा सेटिङ्ग मिलाई राजश्व छल्दै नेपालीलाई ठगी अहिले नेपालको ठूलै व्यापारी बन्न सफल बनेका छन् ।
सामान्य जुत्ता पसलबाट आफ्नो व्यापार व्यवसाय सुरु गरेका सरावगीले भन्सार, सुरक्षाकर्मीलगायतसँग सेटिङ मिलाई भन्सार छली करोडौंको सामान नेपाल भित्र्याई दिन दुई गुणा, रात चौगुणाको हिसावले छोटै समयमा ठूलै व्यापारी बन्न सफल बनेका छन् । अहिले उनी नेपालले कानुनी बन्देज लगाएको हुण्डीको ठूलै कारोबारीका रुपमा समेत रहेको उनी निकट स्रोतले जानकारी गराएको छ ।
सरावगीले छोटै समयमा काठमाडौंको मुटु मानिने न्यूरोड एरियामा आफ्नो व्यापारको विस्तार गर्दै आएका छन् । उनले अहिले सुन्धारास्थित काठमाडौं मल, कमलपोखरीको सिटी सेन्टर, खिचापोखरीको पिपुल्स प्लाजा, त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टर हुँदै दरबारमार्गको भव्य भवनमा जुत्ता पसल राखेका छन् ।
विशेषगरी सरावगीले मित्रराष्ट्र चिनबाट गुणस्तरहिन सामानलाई नजिकिंँदै गरेको चाडवाडलाई मध्य नगर गरी नेपालीलाई ठग्ने उद्देश्यले आफ्नो ब्राण्ड बनाई ५० प्रतिशत छुटको नाममा दिनदहाडै ठग्दै आइरहेको समाचार विभिन्न संचारमाध्यममा सार्वजनिक भइरहँदा पनि सम्बन्धित निकाय मौन हुनुलाई सरावगीले माथिल्लो निकायसम्म सेटिङ मिलाई नेपालीलाई ठग्दै र लुट्न सफल बन्दै आएको सरावगीकै एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए ।
जुत्ताबाट आफ्नो व्यापार सुरु गरेका सरावगीले पछिल्लो समय कुर्तासुरुवालको व्यापार थप गरी दरबारमार्गमा ५० प्रतिशतको छुट भन्दै भन्सार छली गरेर ल्याएको गुणस्तरहित कुर्तासुरुवाल विक्री वितरण गर्दै उपभोक्तालाई ठगी गर्न थालेका छन् ।
यत्तिमात्र नभई नेपालीलाई कसरी ठग्न सकिन्छ भन्दै पछिल्लो समय भारतमा अयोग्य सावित गरेको मार्वल र टायल भन्सारमा सेटिङ मिलाई भन्सार छली गरी नेपाल भित्र्याईको त्यस्ता सामाग्रीको व्यापार व्यवसायसमेत गर्दै आइरहेका छन् ।
नेपालीलाई ठगी गरी कमाएको कालो धन लगानी गर्दै भारतमा काम नलाग्ने भनी कवाडी भइसकेको मार्वल र टायल व्यापार गर्दै अहिले खुल्लम खुल्लारुपमा नेपालीलाई ठग्दै आएका छन् सरावगीले । अझ रोचक कुरा के छ भने राज्यको शान्ति सुरक्षाको जिम्मेवार बोकेकाहरुलाई खल्तीमा राखेको छु भन्दै सरावगीले खुल्लम खुल्लारुपमा हुण्डीको व्यापार व्यवसाय गरिरहेका छन् । उनको हुण्डीको कारोबार अहिले पनि निर्धक्कसँग प्रहरीका माथिल्ला निकायका अधिकारीहरुलाई सेटिङ्ग मिलाई गर्दै आइरहेको उनकै कर्मचारीले नाम नछाप्ने सर्तमा बताएका छन् । पछिल्लो समय नेपालको हुण्डी कारोबारीको पहिलो नम्बरमा पर्ने सरावगीले नेपालको कानुनलाई धोती लगाउँदै अर्बौं रुपैयाँ हुण्डीमार्फत भारत लगी भारतमा ठुलो फ्याक्ट्री संचालन गरेको स्रोतले दाबी गरेको छ ।
सरावगीले काठमाडौंमा करोडौंको कारोबार गर्ने व्यापारिक सामान चिन तथा अन्य मुलुकबाट अण्डर विलिङ्ग (कम मूल्य) मा सामान ल्याई सोही अनुपातको रकमसमेत हुण्डीमार्फत् पठाई नेपालको राजस्व समेत छल्ने गरेको उनी निकट व्यापारीहरुले बताउने गरेका छन् ।
सरावगीको नेपालीलाई ठग्ने र नेपालको राजश्व छलीमा महत्वपूर्ण भूमिका खेली नेपालमै व्यापार व्यवसाय गर्दै आइरहेका सरावगीको विषयमा समाचार प्रकाशित गर्दा पत्रकारलाई नै प्रहरी लगाई दुःख दिने काम समेत सरावगीले गर्दै आइरहेको पाइएको छ । सरावगीको कालो बजारीको विषयलाई लिएर समाचार लेखेकै भरमा प्रहरीसँग सेटिङ मिलाई पत्रकारलाई दुःख दिने काम गरेको केही दिन अगाडिको एउटा घटनाले पुष्टि गरेको छ ।
पत्रकार महासंघका केन्द्रीय सदस्यलाई फसाउने सरावगीको षड्यन्त्र
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य तथा नयाँ सडक दैनिक र नयाँ सडक डट कमका प्रकाशक÷सम्पादक ज्ञानप्रसाद पौडेलमाथी मनोज कुमार सरावागी(अग्रवाल)ले आफ्ना काला कर्तुत लुकाउन विभिन्न षड्यन्त्र रचिएको पाइएको छ ।
केन्द्रीय सदस्य पौडेललाई नेपालीहरुको महान चाड दशैंको मुखमा सरावगीले फसाउने उद्देश्यले प्रहरीलाई प्रयोगसमेत गरेका थिए । पत्रकार पौडेलले यस विषयमा सम्पादकीयमै लेखेका छन्— गत असोज १६ गते शनिबार मैले नयाँसडक डट कममा ‘दरबारमार्गको सिटीवाक जुत्ता–चप्पल शो–रुम र सोच नामक कुर्था–सुरुवाल शो–रुमले सेल भन्दै ५० प्रतिशत छुटको ट्याग झुण्ड्याएर उपभोक्ता ठगी’ शीर्षकमा समाचार लेखें ।  समाचार प्रकाशित भएपछि १७ गते बेलुका शो–रुम सञ्चालक मनोजकुमार सरावगी (अग्रवाल)को एउटा म्यासेज आयो– ‘एउटा महत्वपूर्ण विषय छ, भेटौं’ । पछि फोनमा कुरा भयो । मैले भनें, ‘विषय के हो ? फोनमै भन्नुहोस् । मनोजले भने, ‘हैन दाइ, फोनमा कुरा गर्न मिल्दैन, भटेरै कुरा गरौं ।’ त्यसपछि १८ गते एउटा कफी पसलमा भेटियो । उनले एउटा प्रसंग निकाले । मैले त्यो अलि पहिला नै सुनेको थिएँ । विषय थियो– ‘आज–भोलि समाजिक सञ्जालमा भारतमा महिलाहरुको एउटा समूह सक्रिय छ । त्यो समूहले सामाजिक सञ्जालमार्फत् नेपालका कयौं व्यक्तिहरुलाई फसाइरहेको छ ।’ यो सूचना दिने व्यक्तिको नाम पत्रकारिताको आचारसंहिताअनुरुप गोप्य राखौं । सामाजिक सञ्जालमार्फत् भारतमा सक्रिय महिलाहरुको समूहले अनलाइनमा यौन गतिविधि गर्ने र गर्न अभिप्रेरित गरी भिडियो खिचेर बार्गेनिङ गर्ने, उनीहरुको माग पूरा नगरे उक्त भिडियो सम्बन्धित व्यक्तिको सामाजिक सञ्जालमा रहेका साथीहरुलाई सेयर गर्ने गरेको र केही पीडितहरुको नाम पनि उपलब्ध भयो । त्यसपछि त्यो विषयको वास्तविकता र गहिराइमा पुग्न एकजना पीडितसँग मैले कुरा गर्ने खोजें । तर, पीडितको फोन सम्पर्क भएन । पछि उनैले फोन गरे । मैले बुझ्न खोजेको कुरा आएन । उनले गैरजिम्मेवारपूर्ण जवाफ दिएर फोन राखे । फोन राखेको त्यस्तै एक घण्टापछि काठमाडौंकै एक प्रहरी कार्यालयबाट फोन आयो– ‘तपाईं तुरुन्त प्रहरी कार्यालय आउनू ।’ मैले कारण सोध्दा उताबाट जवाफ आयो– ‘प्रशासनले बोलाएपछि आउनू न, केही कुरा बुझ्नु छ ।’ एकजना साथीसहित म प्रहरी कार्यालय गएँ । यो  कुरा यही असोज १९ गतेको हो । प्रहरी कार्यालयमा पुगेपछि थाहा भयो मैले समाचारको विषयमा बुझन् खोजेको कुरालाई लिएर षड्यन्त्रपूर्वक फसाउन खोजिएको रहेछ । पछि प्रहरी संगठनमा छुट्टै पहिचान बनाउन सफल संगठनका उदयमान डीएसपी, सामाजिक सञ्जालबाट पीडित भएका व्यक्ति र हामीबीच छलफल भयो । डीएसपीले बुद्धिमतापूर्ण तरिकाले छलफललाई सहजीकरण गरेर मिलाए । हामी आआफ्नो गन्तव्यतर्फ लाग्यौं । मैले ‘षड्यन्त्रपूर्वक मलाई फसाउन खोज्ने व्यक्ति को हुन सक्छ ?’ भनेर सूक्ष्म अध्ययन गरें । पछि समाचार लेखेको बदला लिन तिनै मनोजकुमार सरावगीले योजनाबद्धरुपमा फसाउन खोजेको पाइयो । उनले केही व्यक्तिहरु प्रयोग गरेर मलाई मानसिक यातना दिइरहेको र भौतिकरुपमै आक्रमण गर्ने योजना बनाएको उनको षड्यन्त्रले प्रष्ट भयो । अपराधिक मानसिकता बोकेका मनोजकुमार सरावगीले मलाई जुनसुकै बेला र जस्तोसुकै अवस्थामा पनि फसाउने र भौतिकरुपमै आक्रमण गर्न सक्ने हुनाले सबैमा यसै सम्पादकीय लेखमार्फत् अवगत गराउन चाहन्छु । साथै, उनले षड्यन्त्रपूर्ण तरिकाले मेरो सामाजिक सञ्जाल र मैले सञ्चालन गरेको वेबसाइट ह्याक गर्न पनि सक्छन् । यदि त्यस्तो भयो भने यसको सम्पूर्ण जिम्मेवारी मनोजकुमार सरावती नै हुनेछन् । पत्रकारिताको २२ वर्षे विद्यार्थी भएको नाताले स्रोतले दिएको समाचारको गहिराइमा पुग्न सफल भएकोले सहज ढंगले मनोजले मलाई फसाउन सकेनन् । स्रोतले दिएको समाचारको गहिराइमा नपुग्दा मेन स्ट्रिमका सम्पादकहरु र मिडियाहरुसमेत फसेका उदाहरण छन् । म त्यसबाट बचेँ तर मानसिक यातना अझै हट्न सकेको छैन । मनोजजी तपाईं अब समाचार लेखेको विषयमा प्रहरी कार्यालयको ढोका ढकढक पार्नुभन्दा सिधै न्यायालयमा जानुहोस् । मलाई मानसिक र भौतिक हमला गरेर मेरो कलम त भाच्नुहोला तर यहाँ हजारौं कलमहरु जीवितै हुनेछन् ।
सरावगीले केन्द्रीय सदस्य पौडेललाई प्रहरी लगाई षड्यन्त्रपूर्वक फसाउन खोजेको र हुण्डीलगायत कालोबजारीको विषयमा खोजतलासले सरावगीसँग बुझ्दा आफूले यस्तो कार्य नगरेको र पत्रकार पौडेलसँग आफ्नो कुरा मिलिसकेको बताएका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्