दशैंको उपलक्ष्यमा श्री जनचेतना युवा क्लव लप्सेद्वारा आयोजित फुटबल प्रतियोगिता सम्पन्न

ललितपुर । विजया दशमीका उपलक्ष्य पारेर श्री जनचतेना युवा क्लवले ‘सेभेन ए साइट’ फुटवल प्रतियोगिता सम्पन्न गरेको छ ।


गोदावरी नगरपालिका वडा नं. ६ श्री जनचेतना युवा क्लव लप्सेले दशैको शुभकामना आदान प्रदानको उद्देश्य राखी फुटबल प्रतियोगिता आयोजना गरेको हो  ।

सो फुटबल प्रतियोगितामा प्रथम, द्वितीय  र तृतीय हुने टिमका साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र उच्च गोलकर्ता खेलाडीहरुलाई नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र बितरण गरिएको थियो ।


विजेता टिम, खेलाडीहरुलाई नगदसहित मेडल, ट्रफी प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचीव तथा नेपाली राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष मीनकृष्ण महर्जनले वितरण गरेका थिए ।

सो कार्यक्रम विशिष्ठ अतिथी गोदावरी नगरपालिका उप–मेयर मुना अधिकारी, नेपाली कांग्रेस ललितपुर जिल्ला क्षेत्र नं.१ सभापति राजन घिमिरे, नेपाली कांग्रेस ललितपुर जिल्ला क्षेत्र नं.१ प्रदेश (ख) का सभापति राम कृष्ण लामा(इन्द्र), नेपाली कांग्रेस ललितपुर जिल्ला क्षेत्र नं.१ प्रदेश (क) सभापति सुन्दर मान थिङ, कांग्रेस तरुण बिभाग बाग्मती प्रदेशका सचिब उमेश मेहेर कायस्थ, गोदावरी नगरपालिका प्रवक्ता वडा नं. ५ का वडा अध्यक्ष  मिलन सिल्वाल, गोदावरी नगरपालिका वडा नं.६ का अध्यक्ष विष्णुमान महर्जन, नेपाल तामाङ घेदुङ्ग संघका ललितपुर जिल्ला अध्यक्ष ज्ञान बहादुर लो र रास्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरीय खेलाडी लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । 


क्लबका अध्यक्ष चन्द्र बहादुर तामङले आयोजकको तर्फबाट प्रथम, द्वितिय र तृतीय हुने टिमका साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र उच्च गोलकर्ता खेलाडीहरुलाई बधाई दिएका थिए । यस प्रतियोगिता सफल बनाउन सम्पुर्ण जिम्मेवारी गो.न.पा वडा नं.६ का इकाई सभापती अर्जुन थोकर, नेपाल तरुण दल ललितपुर जिल्ला सदस्य  किक बक्सिङ पुर्ब राष्ट्रिय खेलाडी इन्द्र तामाङ र ललितपुर जिल्ला तामाङ संघका रोजिन मार्पा लगायतको समन्वयमा सफता पुर्बक  प्रतियोगिता सम्पन्न गरिएको थियो ।

उक्त प्रतियोगितामा प्रथम सल्यान युवा क्लबलाई नगद ५० हजार, दोस्रो हुने महाँकाल युवा क्लबलाई २५ हजार र तृतीय हुने ज्ञानकुण्डलाई  १५ हजार प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा १८ टिमले सहभागी जनाएका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्