हनुमानढोकामा भित्र्याउन गोरखाको दसैँघरबाट फूलपाती ल्याइँदै

काठमाडौं । काठमाडौं हनुमानढोकामा भित्र्याउनका लागि आज बिहान गोरखाको दसैँघरबाट फूलपाती लिएर टोली हिँडेको छ । गोरखा दरबारबाट ल्याइएको फूलपाती हनुमानढोकास्थित दसैँघरमा भित्र्याउने प्रचलन छ ।
हनुमानढोकामा ल्याउन गोरखा दरबारका सुसारेहरूले अमराइ, ठूलो वनलगायत जंगलबाट नौ प्रकारका फूलपाती संकलन गरेका थिए । बा२झ २१२९ नम्बरको गाडीले फूलपाती लिएर काठमाडौं आउँदै गरेको बताइएको छ ।
गोरखकालीका पुजारी शारदाप्रसाद भट्टराईका अनुसार वर्षौँदेखिको परम्परा अनुसार मंगलबार पनि हनुमानढोकाका लागि फूलपाती पठाइएको हो । फूलपाती पठाउने क्रममा धिमेबाजा र डोलीसहितको टोलीले हर्षोल्लास गरेको थियो ।
सडकको पहुँच नपुग्दासम्म गोरखाबाट धादिङको जीवनपुर हुँदै पैदलयात्रा गरेर फूलपाती हनुमानढोका ल्याउने गरिएको थियो । पृथ्वीनारायण शाहले नुवाकोट हुँदै राजधानी हनुमानढोकामा सारेपछि गोरखाको फूलपाती हनुमानढोका ल्याउने प्रचलन बसालेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्