डडेलधुरामा बस दुर्घटना, १६ जना घाइते

डडेलधुरा । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ बस केआईसिंह  राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१०, राईबजारनजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।
आज बिहान बस ‘ब्रेक फेल’ भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको उनले बताए । रासस


तपाइको प्रतिक्रिया दिनुहोस्