नेता तथा कार्यकर्ताको आग्रहमा जिल्ला सभापतिको उम्मेदवार बन्ने हो ः महर्जन

ललितपुर । नेपाली कांग्रेस लोकप्रिय युवानेता महासमिति सदस्य तथा केन्द्रिय खेलकुद बिभाग सचिब मीनकृष्ण महर्जनले आफु   १४ औ महाअधिबेशनमा नेता तथा कार्यकर्ताहरुको चाहना अनुसार नै  जिल्ला सभापतिको उम्मेदवार दिने बताएका छन् ।
झण्डै असी प्रतिशत युवाहरु क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आएका छन् । त्यहि युवाहरुको आग्रह अनुसार नै मैले जिल्ला सभापतिमा उम्मेदवार दिने महर्जनले खोजतलासलाई बताए ।
मेरो उद्देश्य भनेको अग्रजलाई सम्मान युवाहरुलाई प्रोत्साहन दिने हो महर्जन बताउँछन् । मेरो लक्ष्य जिल्लाको नेतृत्व सम्हालेर केहि महिनामा हुन लागेको स्थानीय निर्बाचनमा ३ वटै नगरपालिका र ३ वटै गाउँपालिकामा नेपाली कांग्रेस उम्मेदवार बिजय गराउने,  ६ वटै प्रदेश सभा निर्बाचनमा प्रदेश सांसद बिजय गराउने र ३ वटै प्रतिनिधिसभा निर्बाचनमा बिजय गराउने लक्ष्य रहेको महर्जन बताउँछन् । कार्यकर्ता संरक्षण गर्न निकै माहिर मानिने नेता महर्जनको जुन लक्ष्य छ त्यो मीनकृष्ण दाई जिल्ला सभापति भयो भने त्यो लक्ष्य अबश्य पुरा हुने गोदावरी नगरपालिका प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष उदयमान युवानेता  मिलान सिल्वाल बताउँछन् । त्यस्तै नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ सचिब मथुरा शर्माले बिगत पार्टीको जुनसुकै तह र तप्कामा रहेर जसरी संगठन बिस्तारमा मीनकृष्ण महर्जनको अतुलनीय योगदान छ, त्यो अबिस्मरणीय रहेको शर्मा बताउछन् । यदि युवाहरुमाझ निकै लोकप्रिय नेताको रुपमा रहेका मीनकृष्ण महर्जनलाई जिल्ला सभापति बनाउन सकिएन भने कार्यकर्ताहरु बिचलित हुने अध्यक्ष  शर्मा बताउँछन् । त्यसैले कार्यकर्ताहरुको मनोबल उच्च पार्न, युवाहरुलाई पार्टीमा कृयासिल बनाउनको लागि पनि ललितपुर जिल्ला कांग्रेसमय बनाउनको निम्ति पनि मीनकृष्ण महर्जन जिल्ला सभापति बन्नुपर्ने शर्माको भनाई रहेको छ ।
ललितपुर जिल्लाभरी ७१ वडा रहेको छ । ति सबै वडामा वडा अधिबेशन सम्पन्न भई सकेको छ । त्यस्तै ३ वटा गाउँपालिका एउटा महानगरपालिका २ वटा नगरपालिकामा अधिबेशन सम्पन्न भई सकेको छ । प्रदेश क्षेत्र र जिल्ला अधिबेशन हुन बाँकी नै छ । त्यो अधिबेशन कहिले हुने मिति भने तोकेको छैन । यतिखेर जिल्ला सभापति आकांक्षी मध्ये नेता मीनकृष्ण महर्जन बलियो उम्मेदवारको रुपमा रहेको क्षेत्रीय प्रतिनिधिहरुको बुझाई रहेको छ । ललितपुरमा कुल लगभग १४ सय क्षेत्रीय प्रतिनिधिहरु छन् । ति मध्य क्षेत्र नम्बर १ मा ६०७ जना क्षेत्रीय प्रतिनिधि छन् । निर्णायक मत नै क्षेत्र नम्वर १ भएको कारण नेता महर्जनलाई जिल्ला सभापति जित्न सहज रहेको देखिन्छ । महर्जन क्षेत्र नम्वर १ का शक्तिशाली नेता मानिन्छ ।  कार्यकर्ताहरुलाई जस्तोसुकै अप्ठ्यारो पर्दा तिनै नेता महर्जनलाई सम्झिने गर्छन् । महर्जन सामाजिक कार्यमा पनि अब्बल मानिन्छन् । २०७२ सालको महामारी भुकुम्पमा पनि ललितपुर क्षेत्र नम्बर १ को प्रत्यक गाउँ—गाउँमा पुगि भुकम्प पीडितहरुलाई राहत बितरण गरी पीडीतहरुको घाउमा मल्हम लगाउने काम गरेका थिए ।
कोरोना भाइरसको महामारीका कारण सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्नेलाई लगनखेलनमा २ महिनासम्म दिनको १ सयभन्दा बढि  दिनदुखी गरिब असाहय बिपन्न परिवारहरुलाई बिहान बेलुकी खाना खुवाएका थिए ।
त्यस्तै महर्जन कै समन्वयमा चापागाउँमा हुनेले दिएर जाऔ नहुनेले लिएर जाउँ भन्ने नारा सहित १ महिनासम्म फुड बैंक संचालनमा ल्याएका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्