नेपाली फुटबल टोली आज नेपाल आउँदै

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज बिहान नेपाल आउँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज अवतरण गर्न लागेको जनाएको छ ।
मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३–० पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको थियो । साफको इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो ।
नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन् ।
नेपालले फाइनलमा स्थान बनाएलगत्तै अलमुताइरीले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने घोषणा गरेका थिए । अलमुताइरी गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्