सदस्य सचिव सिलवाल बर्खास्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका छन् । कात्तिक १ को मन्त्रिपरिषदको बैठकले उनलाई बर्खास्त गर्न अनुमति दिएपछि बर्खास्त गरिएका हुन् ।
मन्त्रिपरिषदले बर्खास्तको अनुमति दिएलगत्तै उनी पदमुक्त गरिएको बुझिएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सिलवाल सदस्य सचिव नियुक्त भएका थिए । पछि नियमावली संशोधन गरी उनलाई पुनः नियुक्ति दिइएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्