पुरुष भलिबल टोलीको छनाेट आज

2.1k Shares

काठमाडौं, ३ मंसिर । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि शुक्रबार आजबाट राष्ट्रिय पुरुष टोलीको छनोट हुने भएको छ ।

शुक्रबार घोषणा हुने पुरुष प्रारम्भिक टोलीमा १० देखि १२ जना नयाँ खेलाडीले मौका पाउनेछन् । २० सदस्यीय प्रारम्भिक टोलीमा बाँकी खेलाडी भने पूरानै हुनेछन् । 

राष्ट्रिय पुरुष टोलीका डच प्रशिक्षक हान एबिङ बिहीबार नै नेपाल आइपुगेका छन् ।

प्रतियोगिता डिसेम्बर २१ देखि सुरु हुनेछ । सो प्रतियोगिताका लागि २० सदस्यीय महिला टोलीले प्रशिक्षक  जगदिश भट्टको नेतृत्वमा सोमबार देखि नै बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।

सम्बन्धित समाचार