दक्षिण अफ्रिकी ब्याट्म्यान एबी डि भिलियर्सले लिए सबै खेलबाट सन्यास

काठमाडौं । दक्षिण अफ्रिकी ब्याट्म्यान एबी डि भिलियर्सले सबै खाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिईसकेका एबी डि भिलियर्सले टी–ट्वान्टी लिग भने खेल्दै आएका थिए । ३७ वर्षीय एबी डि भिलियर्सले १७ वर्ष क्रिकेट खेलेका थिए । अन्तराष्ट्रिय क्रिकेटमा आफ्नो नाममा विभिन्न कीर्तिमान बनाएका उनी दक्षिण अफ्रिकी क्रिकेटका एक हस्ती मानिन्छन् ।

एबी डि भिलियर्सले सन् २००४ मा इङल्याण्डविरुद्ध भएको टेस्ट म्याचबाट नै अन्तराष्ट्रिय क्रिकेटको थालनी गरेका थिए । उनले दक्षिण अफ्रिकाका लागि १ सय १४ टेस्ट, २ सय २८ एकदिवसिय र ७८ टी–ट्वान्टी खेलेका छन् ।

उनले टेस्टमा ८ हजार ७ सय ६५, एकदिवसियमा ९ हजार ५ सय ७७ र टी–ट्वान्टीमा १ हजार ६ सय ७२ रन जोडेका छन् । उनले  टेस्टमा २२ शतक र ४६ अर्धशतक तथा एकदिवसियमा २५ शतक तथा ५३ अर्धशतक प्रहार गरेका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्