युनाइटेडका मुख्य प्रशिक्षक सोल्सार बर्खास्त

काठमाडौं ।  म्यान्चेटस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले गन सोल्सारलाई बर्खास्त गरेको छ ।

हिजो भएको खेलमा वाटफोर्डसँग वाटफोर्डसँग ४–१ ले पराजित भएपछि युनाइटेडले आकस्मिकरुपमा बैठक बसेको थियो । उक्त बैठकले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।उनको बर्खास्तीसँगै क्षतिपूर्ति तथा अन्य प्रक्रियाको बारेमा समेत छलफल भइसकेको बताइएको छ ।

सोल्सारले प्रिमियर लिग अन्तर्गत पछिल्ला पाँच मध्ये चार खेलमा पराजित भएपछि युनाइटेडका समर्थकहरु पनि उनीविरुद्ध खनिएका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्