महानगरीय प्रहरी परिसर ललितपुरमा ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ सञ्चालनमा

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले अपराध नियन्त्रण गर्न ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ सञ्चालनमा ल्याएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) उत्तमराज सुवेदीले महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित स्मार्ट पुलिस कन्ट्रोल रुमको सोमबार उद्घाटन गरेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरमा विभिन्न माध्यमबाट प्राप्त हुने विविध प्रकारका सूचनालाई छिटो एवं चुस्त रुपमा प्रहरी परिचालन गरी अपराध रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रहरी परिचालनको सम्पुर्ण प्रकृया समेत कम्प्युटरमा अभिलेखीकृत हुने गरी उक्त कन्ट्रोल रुम निर्माण गरिएको हो । 

उक्त स्मार्ट पुलिस कन्ट्रोल रुमको निर्माण कार्यमा सहयोग पुर्यािउने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई प्रहरी नायव महानिरीक्षक सुवेदीले प्रशंसापत्र समेत प्रदान गरेका छन् । 


तपाइको प्रतिक्रिया दिनुहोस्