ललितपुर । नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत ललितपुर जिल्लाको तिनवटै क्षेत्रको अधिवेशन सम्पन्न भएको छ ।
ललितपुर क्षेत्र नं. १ मा जिल्ला पार्टी सभापतिका प्रत्यासी प्रभावशाली युवा नेता मीन कृष्ण महर्जनले सबैभन्दा बढी मत ल्याई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महर्जनले ४ सय १७ मत ल्याई विजयी भएका हुन् । त्यस्तै पूर्व अर्थराज्य मन्त्री उदय शम्शेर राणाले पनि ४ सय १५ मत ल्याई दोस्रो भएका थिए भने पूर्व जिल्ला सचिव रबिन्स शर्माले ३ सय ८२, बिमल थापाले ३ सय ८१, ऋषिराम घिमिरेको ३ सय ७६, प्रभाकर पोखरेल ३ सय ३५, मथुरा प्रसाद घिमिरे ३ सय १४, राम शरण घिमिरे ३ सय १४, खोम प्रसाद घिमिरे ३ सय ६ मत ल्याई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बिजयी भएका छन् ।
त्यस्तै खुल्ला महिलातर्फ मुना अधिकारीले ४ सय ४, गिता पराजुलीले ३ सय ३४, शशि खड्का गुरुङले ३ सय ३३, रन्जना घिमिरेले २ सय ८३ मत ल्याई केन्द्रीय महाविधेशन प्रतिनिधिमा बिजय भएका छन् ।
त्यस्तै, पुरुष खसआर्यतर्फ पदम नारायण तिमल्सिनाले ३ सय ७८ मत पुरुषोत्तम सिल्वालले ३ सय ५९ मत ल्याई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।
त्यस्तै, आदिवासी जनजातीमा जगत बहादुर लो ४ सय ४, सानुकान्छा मोक्तान ३ सय ८७ र सुरज श्रेष्ठले ३ सय ६७ मत ल्याई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बिजय भएका छन् ।
कार्यकर्तामाझ लोकप्रिय तथा प्रभावशाली युवा नेता महर्जनले १३ औ महाअधिबेशनमा पनि ललितपुरकै सर्बाधिक मत ल्याएका थिए । नेता महर्जन ललितपुर जिल्लामा निकै लोकप्रिय मानिन्छन् । हरेक कार्यकर्ताहरुको सुख दुःखमा घामपानी रातदिन नभनी साथ दिँदै रहँदै कार्यकर्ताको मनमुटुमा बस्न सफल भएकै कारणले पनि नेता महर्जन ललितपुर क्षेत्र नं. १ मा मात्र नभई ललितपुर जिल्लाभरीकै कांग्रेसभित्रको प्रभावशाली नेताको रुपमा परिचित छन् । त्यसैले आगामी मंसिर १० गते हुने ललितपुर जिल्ला अधिबेशनमा सभापतिको उम्मेदवारका रुपमा रहेका महर्जनको जित सुनिश्चित जस्तै रहेको ललितपुर कांग्रेस बृत्तमा चर्चाको विषय बनेको छ ।
नेता महर्जनलाई प्रधानमन्त्री एबम् नेपाली कांग्रेस सभापति शेर बहादुर र महामन्त्री पुर्ण बहादुर खड्का र नेता उदय शम्सेर राणाको बलियो साथ रहेकै कारण पनि उनको विजयी सुनिश्चित रहेको कांग्रेसी कार्यकर्ताहरुमाझ चर्चा चल्ने गरेको छ ।