राखेप पूर्व उपाध्यक्ष शेर्पाको निधन

काठमाडौं, ८ मंसिर  । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको बुधबार बिहान निधन भएको छ ।

पछिल्ला केही वर्षयता नशा सम्बन्धी रोगबाट थलिएका शेर्पाको विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो । नेपाल बास्केटबल संघका पूर्व अध्यक्षसमेत रहेका ५० वर्षे शेर्पाले विभिन्न देशमा उपचार गएका थिए । नेपाल ओलम्पिक कमिटी पूर्व महासचिवसमेत रहका शेर्पाले झण्डै दुई वर्षदेखि ओरिगन केयर होममा रहेर उपचार गराइरहेका थिए ।
शेर्पाका बुवा, आमा, दुई दाइ र बहिनी छन् । शेर्पालाई पछिल्लो दुई दिनबाट भने निकै कठीन भएको उनको परिवारले बताएको थियो । शेर्पाको बौद्धस्थित शेर्पा गुम्बामा लगेर उनको अन्तिम संस्कारको प्रक्रिया गरिने बताइएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्