चिन्ता भविष्यप्रतिको अविश्वास हो

हरिराम महर्जन ‘ठेचो’

इष्र्या ः तुलनात्मक भावबाट उत्पन्न हुने विकार ईष्र्या हो । असन्तोष मानवीय स्वभाव हो तर जब असन्तोष कसैसँग तुलनाबाट उत्पन्न हुन्छ र आफूसँग नहुनुभन्दा अरूसँग भएकोमा असन्तोष उत्पन्न हुन थाल्छ, त्यो नै ईष्र्या हो । मानिस आफू असफल हुनुको चिन्ताभन्दा अरू सफल हुनुको दुःख ईष्र्या हो । मानिसले आवश्यकताले असन्तोष हुनु कतिपय हदसम्म उचित नै होला तर अरूभन्दा तल परेको सोचले असन्तोष हुनु चाहिँ इष्र्या गर्नु हो । इष्र्या अरूको मुस्कानको कारण उत्पन्न हुने मनको जलन हो । आरुनो प्रतिद्वन्दीको सफलताको कारण उत्पन्न हुने छट्पटी ईष्र्या हो । ईष्र्यालु मानिसले प्रतिद्वन्द्वीको नोक्सानको खातिर आफूले घाटा व्यहोर्नु पनि तयार हुन्छ । उसले अरूको बर्बादीको इच्छा राखेपनि मानिस आफै बर्बाद भईरहेको हुन्छ । त्यसैले दार्शनिक सुकरात भन्नुहुन्छ ‘ईष्या आत्माको विष समान हो’ । ईष्र्याले षडयन्त्रको जन्म हुन्छ, अपराधको जन्म हुन्छ, घातप्रतिघातको जन्म हुन्छ । मानिसमा घृणाभाव प्रबल भएका बेला ईष्र्याभाव तेज हुन्छ । ऊ दिनरात प्रतिद्वन्दीको बर्बाद कसरी गर्ने ? सिध्याउने कसरी ? कसरी असफल गर्ने ? भन्ने सोचले छट्पटिन थाल्छ । यस्तो बेलामा मानिस न ठिकसँग निदाउन सक्छ न आरुनो काम ठिकसँग गर्नसक्छ । उसले सकेसम्म षडयन्त्र गर्छ, नसके अरुलाई सरापेर भएपनि चित्त बुझाउने प्रयास गर्छ । ऊ टुनामुना गर्न समेत गर्न पछि पर्दैन । यदि प्रतिद्वन्द्वीलाई कहिँबाट आघात पुग्न गयो भने आगोमा घ्यू थप्ने कोशिस गर्छ, खुचिङ्ग गर्दै खिसी गर्छ, कसैको कमजोरी केही सुनाउन पायो भने बाटोभरी, छरछिमेकी सबैलाई सुनाउँदै हिँड्छ । यदि प्रतिद्वन्दीको कुनै विषयमा सफलता मिलेको कुरा सुन्नुपर्दा मनमा जलन हुन्छ, बेचैनी हुन्छ । प्रतिद्वन्द्वीले पुरस्कार जित्यो भने, कसरी जित्यो ? जित्नै सक्दैन । अवश्य छलढाँट ग¥यो होला, घुस दियो होला, छनौट गर्ने आरुनो मान्छे छ होला आदि कुरा उठाएर जितप्रति प्रश्नचिन्ह लगाउन प्रयास गर्छन् । यतिमात्र नभएर गलत भयो, धाँधली भयो, पक्षपात भयो आदि कुराले विरोध गर्न पनि पछि पर्दैनन् । त्यतिले पनि प्रतिद्वन्द्वी कमजोर भएन भने अनेक बखेडा गर्न पनि शक्ति लगाउँछन । ईष्र्या धनको विषयमा मात्र हुँदैन । ईष्र्या पढाईमा, प्रतिष्ठामा, व्यापारमा, सम्मानमा, सुविधामा, प्रदर्शनमा, पदमा, जित हारमा, खानपानमा पनि हुन्छ । ईष्र्या सबैभन्दा धेरै आरुनो भन्नेहरुको बिचमा हुने द्वेष हो । अपरिचित मानिससँग द्वेष रहँदैन, त्यसैले ईष्र्या पनि उत्पन्न हुँदैन । समाजमा साथीभार्ई, इष्टमित्र, छरछिमेककी बिच धेरै ईष्र्या हुन्छ । नेपालीमा उखान पनि छ, ‘खुट्टा तान्ने प्रवृत्ति’ । सकिन्छ आफू चढ्ने, सकिँदैन, अरूलाई पनि चढ्न नदिने प्रवृत्ति पाइन्छ । यहि मनोवृत्तिलाई नै ईष्र्या भनिन्छ । ईष्र्याले न आरुनो भलाई हुन्छ, न अरूकै भलाई हुन्छ । ईष्र्याको जन्म पनि कामनाबाटै हुन्छ । 

यसै सन्दर्भमा एउटा प्रसङ्ग छ । एकचोटी राजाले देशका नामी बुद्धिजीवीहरूलाई दरबारमा उपस्थित गराउन मन्त्रीहरूलाई आदेश दिए, राजाको आदेश बमोजिम मन्त्रीहरू देशभरी छरिएर देशका नामी बुद्धिजीवीहरूको खोज गरेर दरबारमा उपस्थित गराए । राजाले बिहानै भेला भएका सबै बुद्धिजीवीहरूलाई छ फिट गहिरो खाडलमा जान आदेश दिए । राजाको आदेश अनुसार बुद्धिजीवीहरू खाड्लमा गए । राजाले भने, ‘आज मैले देशका नाम चलेका बुद्धिजीवीहरूको बुद्धि, क्षमता जाँच गर्ने उद्देश्यले सानो प्रतियोगिता गर्न गईरहेको छु । आज सुर्यास्त हुनुभन्दा पूर्व जो पहिला यो खाडलबाट बाहिर निस्कन सफल हुन्छ, उ दरबारको ज्वाइँ हुनेछ, त्यो मानिससँग मेरो छोरी राजकुमारीको विवाह गरिदिनेछु र उसले राज्यको आधा हिस्साको राजा हुने सौभाग्य प्राप्त गर्नेछ । राजाको यो कुरा सुनेर बुद्धिजीवीहरू बिच उत्साहको तरङ्ग उत्पन्न भयो । उनीहरू एकआपसमा प्रतिद्वन्द्वी आँकलन पनि गर्न थाले । त्यहाँ भएका सबैले जसरी पनि जित्ने सोच तयार गरेछन् । जब राजाले प्रतियोगिता शुरु भएको घोषणा गरे । सबै मानिस आफू पहिला हुनको लागि तँछाडमँछाड गर्न थाले । त्यहाँ भएका जो मानिस निस्कन खोज्थे, अरुले खुट्टा तानेर उसलाई लडाई दिन्थे । उसले उसको खुट्टा तान्ने, उसले उसको खुट्टा तान्ने हुँदाहुँदै दिन बित्यो, सूर्य अस्तायो तर कोही पनि खाडलबाट बाहिर निस्कन सकेन । जब प्रतियोगिता समाप्त भएपछि उनीहरू एकएक गर्दै हात समाउँदै बाहिर निस्के । राजाले सबैलाई बुद्धिजीवी भएर पनि विवेकहिन भएकोमा सजाय दिए । सकिन्छ आफू सफल हुने, आफैले प्राप्त गर्ने, सकिँदैन, अरूलाई पनि मौका नदिने, यही नै ईष्र्या हो । आखिर यसले कसैको पनि लाभ भएन । 

अर्को प्रसङ्ग छ । एउटा गाउँमा एकजना गरीब किसान बस्थे । किसानसँग सानो टुक्रा जमिन मात्र छ, उनी त्यसैमा मेहनतले सागसब्जी उब्जाउ गरेर मुस्किलले परिवार पाल्दै आएका थिए । आर्थिक अभावको कारण घरमा समस्या थियो । किसान इष्र्यालु स्वभावका थिए, त्यसैले उनको छिमेकी, नातेदारहरूसँग मेल थिएन । किसान बुढेसकालमा पुगिसकेको कारण खेतको काम गर्न शरीरले त्यति साथ दिन छोडिसकेको थियो । उनीसँग खेत जोत्न गोरु पनि थिएन, सिँचाईको व्यवस्था पनि थिएन । त्यहाँ आकाशको भर पर्नुपर्ने अवस्था आयो । एकदिन किसान थकित र निराश हुँदै आरुनो खेतबाट फर्किरहेका थिए । बाटोमा एकजना बटुवासँग भेट भयो । बटुवाले किसानको उदासिनता देखेर ‘किन यति धेरै निराश भएको, के भयो ?’ भनेर सोधेछन् । जवाफमा किसानले आरुनो दुःख सुनाए । उनले ‘सानो टुक्रा खेत छ, त्यसमा पनि आकाशेभरमा बाली लगाउनु पर्छ । म धेरै गरीब छु । सधैँ अभावैअभाव छ । परिवार पाल्नै धौधौ छ ।’ भनेछन । किसानको कुरा सुनेर बटुवाले ‘के भैदियोस् भन्ने छ, तिमीलाई ? भन्’ भनेछन् । बटुवाको कुरा सुनेर किसानले ‘एकजोर गोरु भैदिए खेतको सबै काम सजिलो हुने थियो ।’ भनेछन् । किसानको इच्छा बुझेपछि ‘आज म तिमीलाई एकजोर गोरु मिलाइदिन्छु, आऊ मसँग’ भनेपछि बटुवा अगाडि हिँडेछन् । बटुवाको पछिपछि किसान पनि गए । जङ्गलमा एकजोर गोरु रहेछ । ‘ल, यो एक जोर गोरु लिएर तिमी घर जाऊ अनि तिम्रो छिमेकीलाई यहाँ पठाइदिनु र म उसलाई दुई जोर गोरु दिन्छु ।’ बटुवाको कुराले किसान खुसी हुन सकेन । किसानलाई आफूलाई एकजोर गोरु दिने भनेकोमा त खुसी लाग्यो तर छिमेकीलाई दुइजोर गोरु दिने कुराले किसानको मन विचलित भयो । उनी असन्तोषले भित्रभित्रै जल्न थाले । किसानले भने ‘तपाईँलाई थाहा छैन । मेरो छिमेकीसँग सबै चिज छन् । उनी मभन्दा धनी छन् । यदि उनलाई दुइजोर गोरु दिने भए मलाई एक जोर गोरु पनि चाहिँदैन ।’ किसानको मनोदशा देखेर बटुवाले भने ‘तिम्रो समस्या गरीबी होइन, ईष्र्याको हो । यदि तिमीले जे प्राप्त गरेको छ, त्यसमा सन्तोष हुन सकेको भए, ईष्र्या छोडेर छिमेकीको खुसीमा प्रसन्न हुन सकेको भए तिमी पनि सुखी हुने थियौ । तिम्रो अभाव तिम्रो मनको दरिद्र भाव हो, ईष्र्या हो ।’ यति भन्दै बटुवा जङ्गलको बाटोतिर गए । किसान उसलाई एकहोरो टोलाएर हेरिरहे । बटुवा ओझेल भयो ।

राग र द्वेष ः मानिसलाई दुःखरूपी बन्धनमा बाँध्ने दुईवटा डोरी राग र द्वेष हुन् । कुनै वस्तु वा विषयप्रति धेरैभन्दा धेरै लगाव हुनु राग हो । मलाई यो चाहिन्छ, मलाई यो मन पर्छ, यही नै सही छ, यस्तै हुनुपर्छ आदि भाव राग हो । त्यसैले रागलाई अतृप्त तृष्णा भन्ने गरिन्छ । रागको धेरै प्रभावमा परेको मानिसको लागि राग प्रधान हुन्छ र अरू सबै कुरा गौण हुन्छ । रागीको नजरमा नातासम्बन्ध, परिवार, समाज, राष्ट्र सबै तपसिलका कुरा हुन्् । उसका लागि ढाँटछल, अन्याय, झूठ पनि जायज हुन्छ । छोराप्रतिको राग हुने मानिसले छोराको हरेक गल्तीलाई पनि गल्ती मान्न तयार हुँदैन । उसले छोराको गल्तीमै सहयोग पु¥याउने मात्र गर्दैनन्, गलतलाई गलत होइन भनेर वकालत समेत गर्न पछि पर्दैन । त्यस्तै धनको रागमा परेको मानिस जे जस्तो होस्, धनकै पछि लाग्छ । उसले जुनसुकै अवस्थामा पनि धनकै कल्पना गर्छ । ऊ दिनरात धनकै कल्पना गर्छ, निन्द्रामा पनि धनकै सपना देख्छ । उसको लागि धनभन्दा ठूलो केही छैन । धनबाट मानवता, नैतिकता, सम्पन्नता, सम्बन्ध प्राप्त हुने विषय ठान्छन् । उनीहरू स्वार्थ र निन्द्रा पनि धनबाटै प्राप्त गर्ने सोच बनाउँछन् । पद र कुर्सीको रागीले अनेक जालझेल र षडयन्त्र गरेर कुर्सी र पद पाउने प्रयास गर्छन् जसले कुर्सी प्राप्त गरेको हुन्छ, उसले कुर्सी र आरुनो पदको बचाउको निम्ति अनेक जतन गर्छन् । मरुभूमिमा तिर्खाएको मृगले टाढा पानी देखेको भ्रममा पानीको पछि दौडेको दौडे जस्तै राग पनि तृप्तिको चाहनामा दौडिने भ्रम हो । कहिल्यै अन्त नहुने दौड हो । त्यसैले रागलाई मृगतृष्णा भन्ने गरिन्छ । 

अरूको विषयमा नकारात्मक भावना राख्नु द्वेष हो । अरूको विचार गलत, सोच गलत, काम गलत, व्यवहार गलत, मन पर्दैन, चाहिँदैन जस्ता भावनालाई द्वेष भनिन्छ । आफूलाई मन नपर्ने व्यक्तिप्रति सुखी नहोस्, कमजोर होस्, नोक्सान होस्, असफल होस्, प्रतिष्ठा नहोस्, बिग्रियोस्, सम्बन्ध छुटोस्, स्थापित नहोस् आदि दुर्गतिको सोच राख्नु द्वेष हो । द्वेष एकप्रकारको घृणा हो । द्वेषको कारण आरुनो मन बेचैन हुन्छ, अस्थिर हुन्छ, छट्पटी हुन्छ । यसले मानिसको भोक हराउँछ, निन्द्रा हराउँछ, मुस्कान हराउँछ । मानिस आरुनो उन्नतिको लागि विचार गर्नुको सट्टा अरूको घृणामा धेरै समय खर्च गर्छ । कसैलाई सहयोग नगर्नु एउटा पाटो हो तर राम्रो र सहीलाई पनि अवास्तविक कुतर्कले गलत साबित गर्न खोज्ने मनोवृत्तिले सबै प्रकारका सम्बन्धहरू समाप्त गर्छन् र द्वन्द निम्त्याउँछ । अतः द्वेष अमानविय छ, असामाजिक छ । दार्शनिक सुकरात भन्नु हुन्छ,‘अरूलाई दबाउनुभन्दा आफूलाई सुधार्नु सबैभन्दा असल बानी हो’ । 

विश्लेषकहरू भन्नुहुन्छ, मन राग र द्वेषको भुमरीमा घुमिरहन्छ । मन हरहमेशा रागको प्रभावमा या द्वेषको प्रभावमा परिरहेको हुन्छ । रागबाटै द्वेषको जन्म हुन्छ अथवा जहाँ राग त्यहाँ द्वेष । राग आशक्ति हो भने द्वेष वितृष्णा हो । त्यसैले राग र द्वेषलाई मनका दुई पाइला भन्ने गरिन्छ । धनको रागमा धनबाटै असन्तोष पैदा हुन्छ । धनबाटै असुरक्षा, वैमनष्य, बेचैन प्रारम्भ हुन्छ । पदको रागबाट छलकपट, बेइमानी, दुश्मनी प्रारम्भ हुन्छ । नशाको रागबाट स्थिरता हराउँछ । कतिपय रागमा आनन्द देख्ने भुल गर्छन् । जस्तो कि मन पर्ने भोजन ग्रहण गर्दा सुख अनुभूति हुन्छ तर जब भोजनप्रति राग उत्पन्न हुन्छ, तब भोजनमा सुख होइन, वितृष्णा उत्पन्न हुन्छ । यदि भोजनमा सुख हुने हो भने जति धेरै भोजन उति सुख अनुभूति हुनुपर्ने हो तर त्यस्तो हुँदैन, भोजन जति धेरै हुन्छ, उति भोजनप्रति मोह हराउन थाल्छ । यसको अर्थ सुखानुभुति स्वादिष्ट भोजनमा होइन, भोजनको इच्छामा रहेछ । अतः रागमा सुख देख्नु भ्रम हो । रागले सुख होइन, घृणा उत्पन्न गर्छ । राग या द्वेषको भाव मष्तिष्कमा जरा गाडेर बस्छन् जसले मनलाई विचलित गरिरहन्छ । अतः राग र द्वेष मनका विकार हुन्, दुःखका कारण हुन् । राग र द्वेषको प्रभावहिन भावको स्मरण रहँदैन । मानिसको स्मरणमा नरहेको भावको कुनै प्रभाव हुँदैन । अतः सकारात्मक र नकारात्मक परिस्थितिप्रति समभाव राख्नु नै राग र द्वेषको प्रभावबाट छुट्कारा पाउनु हो ।

काम उद्दन्ड हुन्छ दानव स्वभाव

रूप बन्छ विक्षिप्त खराब

तेज क्रोध पोल्छ भटभटी मन

जलेर भष्म हुन्छ दनदनी तन

अतृप्त चित्त छिद्र छिद्रमा लोभ

तिब्र आशक्ति कण कणमा मोह

भरिन्न भकारी जब मेटिन्न प्यास

फगत मेरो मेरो अनन्त दास

अहंकार जसको मित उसैको द्वेष

ईष्र्या उसैको जसको तेज क्लेश

राज त्यसको हुन्छ सदैव अस्थिर

गुलाम जो बन्छ छैन कोही अमिर 

क्रमशः 



तपाइको प्रतिक्रिया दिनुहोस्