ओलीद्वारा गठबन्धन भत्काउने षड्यन्त्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झस्कन थालेका छन् । तीन तहको चुनाव २०७९ सालभित्र हुने भएकाले उनी झस्किएका हुन् । चुनावसम्म गठबन्धन कायमै रहेमा ओलीलाई नराम्रो धक्का लाग्न सक्छ । गठबन्धन बनेपछि ओलीलाई लागेका झड्काहरुले पनि त्यस्तो सम्भावना देखाएको हो । ओलीले प्रदेशहरुमा एमाले नेतृत्वको सरकार र सहभागिताहरु गुमाउँदै गए । राष्ट्रियसभामा रामबहादुर थापा बादल कलम चिन्हका खिमलाल देवकोटासँग पराजित भए । 

अब फेरि राष्ट्रिय सभाको चुनावमा पाँच दलीय गठबन्धन बनेको छ । यसका कारण झस्किएका छन् । एकपछि अर्को धक्का खान थालेपछि उनी झस्किएका हुन् । गठबन्धनमा कुनै अन्तर्घात नभए राष्ट्रियसभाको १९ सिटमा एमालेलाई नराम्रो धक्का लाग्न सक्छ । यसको असर आगामी वर्ष हुने तीन तहको चुनावमा पर्न सक्छ । यसैलाई दृष्टिगत गरी ओली गठबन्धन भत्काउने रणनीतिमा लागेका छन् । उनले अमेरिकी सहयोगसम्बन्धी एमसीसीलाई गठबन्धन भत्काउने उत्तम अस्त्रका रुपमा देखेका छन् । गठबन्धनभित्र एमसीसीबारे मतभेद छ । नेपाली काँग्रेस एमसीसीको पक्षमा खुलेको छ । तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनमोर्चा नेपाल एमसीसी सदनबाट पारित गर्ने पक्षमा छैनन् । 

ओलीले सदन खुलाएर एमसीसी अगाडि बढाएमा साथ दिन सक्ने बताएका छन् । तर, त्यसका लागि गठबन्धन तोड्नुपर्ने उनको शर्त छ । काँग्रेसलाई एकलौटी सरकारको नेतृत्व गर्न दिन समेत ओली तयार छन् । जसरी पनि गठबन्धन तोड्ने ओलीको रणनीति छ । उनले एकपछि अर्को अस्त्र हानेर गठबन्धन कमजोर पार्न खोजे तर सकेनन् । अर्ली इलेक्शनको कार्ड हाने । तर, मंसिरयता चुनाव हुने छाँटकाँट देखिँदैन । देउवा स्वयंले यसबारे बोलिसके । 

एमसीसीबारे ओली पर्ख र हेरमा छन् । काँग्रेस सभापति शेरबहादुर देउवा एमसीसी पारित गराउने पक्षमा छन् । उनले सकभर गठबन्धनभित्र सहमति बनाएर एमसीसी पारित गर्ने नभए ओलीसँग मिलेर भएपनि पारित गर्ने रणनीति बनाएको चर्चा छ । यो दुवै अवस्थामा नगए उनले एमसीसी यो सदनबाट नभई अर्को सदनबाट पारित गराउने गरी अलमल गराउन सक्छन् । त्यसो भएमा ओलीलाई अर्को धक्का लाग्न सक्छ । १६५ सिटमध्ये ६५ सिटमा काँग्रेस, माओवादी, नेकपा एस, जसपा र राजमोको चुनावी गठबन्धन बन्नसक्ने चर्चा पनि छ । त्यसो भएमा ओलीलाई देशभर चुनावमा चुनौती बन्न सक्छ । 

ओलीका लागि चुनावको चाहना देखिँदैछ । उनी सकभर छिटो चुनाव गराउन चाहन्छन् । देउवालाई त्यसका लागि दबाब दिइरहेका छन् । देउवाले भने सरकार पूरा अवधि टिकेर मंसिरमा चुनाव हुने संकेत गरेका छन् । तर, राजनीतिक लेनदेनले धेरै घटनाहरु मोडिन सक्छ । ओलीले कुनै हालतमा गठबन्धन तोड्नुलाई अहिलेको मुख्य लक्ष्य देखेका छन् । गठबन्धन तोड्न नसके चुनावमा ठूलो धक्का खान सकिने डर ओलीलाई परिसकेको छ । यसैले उनले एमाले एक्लै हिँड्ने रहर गर्दैनसम्म भनेका छन् । उनले विभिन्न प्रस्ताव राखेर गठबन्धत भत्काउन खोजेपनि सकिरहेका छैनन् । 



तपाइको प्रतिक्रिया दिनुहोस्