शिष्यको सफलतामा रमाउने प्रशिक्षक

दक्षिण एसियाली खेलकुदमा नेपालका लागि सबैभन्दा बढी स्वर्ण प्रदान गर्ने दुई मार्सल आट्र्सका खेल हुन्–तेक्वान्दो र कराँते । पछिल्ला प्रतियोगिताको नतिजा हेर्दा दुवै खेलको साख गिर्दो थियो । स्वदेशमै भएको साग प्रतियोगितामा दुवै खेललाई समान चुनौती थियो, राम्रो नतिजा निकाल्ने ।
दुवै खेल यसमा धेरै हदसम्म सफल पनि रहे । तेक्वान्दोमा नेपालले कुल १२ स्वर्ण, ६ रजत र ११ कांस्य जित्न सफल रह्यो भने कराँतेबाट नेपालले १० स्वर्ण ४ रजत र ५ कांस्य पदक हात प¥यो ।
नेपाली खेलकुदमा तेक्वान्दो खेलले स्वर्णिम इतिहास बनाएको छ । नेपाली खेलकुदले सर्वाधिक पदक प्राप्त गरेको छ भने त्यो तेक्वान्दोबाटै भएको हो । पछिल्लो समय नेपाली तेक्वान्दोले गौरबशाली इतिहासलाई न्याय गर्न सकेको छैन ।
कोरियाबाट सुरुवात भएको तेक्वान्दो खेल अहिले विश्वका धेरै देशमा खेलिन्छ । यसको लोकप्रियता बढ्दो छ । हात र खुट्टाको प्रयोगले खेलिने तेक्वान्दो कलात्मक खेल र नियमित व्यायामको प्रभावकारी माध्यम हो । यसले फुर्तिलो, स्वस्थ, तन्दुरुस्त र निरोगी बनाउँछ ।


‘जुनसुकै उमेर समूहका व्यक्तिले पनि खेल्न सक्छन्’, ललितपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष एवं खुमल तेक्वान्दो डोजाङका प्रशिक्षक मणिराज बिष्टले भने, ‘तर, सानै उमेरदेखि तेक्वान्दो खेल्नु बढी फाइदाजनक हुन्छ । सामान्यतया ९–१० वर्ष उमेरबाट बालबालिकालाई यस खेलमा आबद्ध गराउन सकिन्छ, यसो गर्दा उनीहरूले छिट्टै तेक्वान्दोका ट्रिक र टेक्निक सिक्छन् ।’
१३ वर्षको उमेरदेखि तेक्वान्दो खेलमा सहभागी उनी अहिले स्कुले विद्यार्थी तथा डोजाङका खेलाडीलाई तेक्वान्दो सिकाइरहेका छन् । भन्छन्, ‘पावर गेम भएकाले ३० वर्ष उमेरसम्म राम्रोसँग खेल्न सकिन्छ ।’
तेक्वान्दो खेल्ने विद्याथीहरूको शारीरिक विकासमा पनि सहयोग पुग्छ । नियमित व्यायाम गर्ने बानी पर्छ, अनुशासनको विकास हुन्छ । शारीरिक रूपमा कमजोर व्यक्ति र बिरामीले भने प्रशिक्षणका क्रममा विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ’ मणिले खोजतलाससँग भने, मैले धेरै जसो समय विद्यार्थीलाई तेक्वान्दो सिकाएर बिताउने गरेको छु । तर अहिले कोरोनाका कारण विद्यालयहरू बन्द हुँदा तेक्वान्दो सिकाउन पाएको छैन ।
धापाखेलकै जेम्स स्कुल, काठमाडौं कोलम्बस स्कुल तथा सम्पूर्ण स्कुलमा तेक्वान्दो प्रशिक्षक मणि तेक्वान्दो खेलेर नै जीवन निर्वाह गर्न सक्ने अवस्थामा पुगेको सगर्व बताउँछन् । ‘स्कुले विद्यार्थीदेखि साग तथा एसिायली खेलकुद प्रतियोगिता खेल्ने खेलाडी उत्पादन गरको छु’ २०५६ सालदेखि खुमल डोजाङको प्रशिक्षक रहेका उनले भने, ‘लकडाउन सुरु हुनुभन्दा अघिसम्म खुमल तेक्वान्दो डोजाङमा दिनहु ५० देखि ५२ जना खेलाडीले दिनहुँ प्रशिक्षण लिन्थे । खुमल डोजाङबाट ब्लक बेल्टका १ हजार भन्दा बढी, दोस्रो, तेसो दानका गरी ३ हजार खेलाडी उत्पादन भइसकेका छन् ।’ मणि आफैं भने ६ औं दान हुन् ।


खेलाजी जीवनमा धेरै राष्ट्रिय प्रतियोगिता खेल्न पाएनन् मणिले । भन्छन, ‘मैले खेल्न नपाए पनि आफैंले उत्पादन गरेका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा खुसी लागेको छ ।’
अहिले जस्तो डोजाङहरू सर्वसुलभ थिएनन् मणिले आफ्नो खेल जीवनलाई स्मरण गर्दै भने, ‘खुमलटार बस्ने म बिहान साढे ५ बजे उठेर साइकलमा दशरथ रंगशालामा खेल्न जान्थे । त्यहाँ साढे आठ बजेसम्म खेलेपछि नौ बजे घर पुगेर खाना खाइवरी स्कुलका लागि जान्थ्यो ।’
तेक्वान्दो सिक्ने हरेक व्यक्तिले खेलकुदमै करिअर बनाउनुपर्छ भन्ने छैन । मणिले भने, तर पनि तेक्वान्दोमै लागेर पनि अहिले मज्जाले जीवन निर्वाह गर्न सक्ने अवस्था बनिसकेको छ । शरीर सन्तुलनमा राख्न रआफ्नो सुरक्षा गर्न पनि यो प्रभावकारी हुन्छ । स्कुलमा बालिबालिकालाई तेक्वान्दो सिकाउँदा उनीहरूले सहज ढंगले आत्मरक्षा गर्न सक्छन् ।
मोटोपना भएका व्यक्तिका लागि तौल सन्तुलनमा राख्न तेक्वान्दो उपयोगी हुन्छ । यसले शरीरलाई सुगठित बनाउनसमेत सहयोग पु¥याउँछ मणिले तेक्वान्दोको महत्व दर्शाउँदै भने ।
साथै, मणि ‘बी’ डिभिजनको खुमलटार युवा क्लवका अध्यक्ष हुनुका साथै समाजसेवीमा लाग्दा आफूलाई आनन्द महसुस भएको बताउँछन् । हाल नेपाली कांग्रेस पार्टीमा क्रियाशिल भई संगठनमा पनि विशेष चासो राख्ने व्यक्तिको रुपमा मणि परिचित छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्