सुनको मूल्य ताेलामा एक लाख रुपैयाँ नाघ्याे

1.6k Shares
    • काठमाडौँ, २२ फागुन । सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा दुई हजार रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ । 
    • यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
    • यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएकाे महासंघले जनाएकाे छ । 
    • चाँदीको मुल्य पनि प्रति तोलामा ३५ रुपैँयाको दरले बढेको छ  । शुक्रबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
सम्बन्धित समाचार