के सन्देश लिएर आउँदै छन् लिउ नेपाल ?

2.2k Shares

काठमाडौ, असार २५। चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आगामी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी चारदिने नेपाल भ्रमणमा नेपाल आउन लागेका हुन् ।
उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नेछन् । गत जुन महिनामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त भएका लिउले जुनको अन्तिम साता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अलगअलग भिडियो वार्ता गरेका थिए ।
लिउ एक महिनायता नेपालका प्रमुख दलसँग निरन्तर सम्पर्कमा रहेका छन् । चिनियाँ वरिष्ठ नेता लिउको भ्रमण तयारीका लागि परराष्ट्र र चिनियाँ दूतावासले समन्वय गरिरहेका छन् । उनले परराष्ट्रमन्त्री तथा कांग्रेस नेता नारायण खड्कासँग गत साता मात्रै भिडिओ कुराकानी गरेका थिए ।
नेपालका राजनीतिक दलसँग सीपीसीको सम्बन्ध विस्तार गर्ने एजेन्डा रहेको छ । त्यस्तै, उनले भ्रमणका क्रममा बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) को विषयमा नेपालका उच्च तहको नेतृत्वसँग छलफल गर्ने एजेन्डा छ । राजधानी दैनिकबाट

सम्बन्धित समाचार