श्रीलंकाका राष्ट्रपति राजापाक्षे राजीनामा दिदै, सेनाले सत्ता नलिने

1.7k Shares

एजेन्सी, २७ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले पदबाट राजीनामा दिने भएका छन् । उनले राजीनामा दिने जानकारी प्रधानमन्त्री रणील विक्रमासिंघेलाई जानकारी गराएको अन्त्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राजापाक्षेले विक्रमासिंघेलाई सोमबार राजीनामा दिने भनेका हुन् । त्यसको जानकारी श्रीलंकाको प्रधानमन्त्री कार्यालयले दिएको छ ।

राष्ट्रपति निवासमा अझै प्रदर्शनकारीले नियन्त्रण बनाएका छन् । राजापाक्षेले राजीनामा नदिएसम्म उक्त स्थान नछाड्ने अडान लिएका छन् ।

यसैगरी, श्रीलंकाको सेनाले सत्ता हातमा लिने हल्लालाई निराधार भनेको छ । फिल्ड मार्सल सरथ फोन्सेकाले हल्लालाई निराधार भनेका छन् ।

चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा राजापाक्षे परिवारको शासन पतन नजिक छ । सन् २०१९ मा राष्ट्रपति निर्वाचित राजापाक्षे पूर्ण कार्यकाल पूरा गर्न पाउनुपर्ने अडानमा थिए । तर, व्यापक दबाबपछि राजीनामा दिन वाध्य अवस्था बनिसकेको छ ।

सम्बन्धित समाचार