ललितपुर । ललितपुर महानगरपालिका-१८ ले हाटबजार तथा घरेलु उद्योग बिक्रि सुरु गरेको छ । हाटबजारमा २५ स्टल राखिएका छन् । सामुदायीक सिकाइ केन्द्र र वालकुमारी सामुदायीक महिला समूहको आयोजनामा स्टल राखिएको हो ।
स्टलमा स्थानीय महिलाले उत्पादन गरेका हाते सामाग्री, अचार, ढाका कपडा, साबुन, मैनात्ती, बेकरी, विभिन्न कपडा र घरेलु गहना लगायतका स्टल राखिएको छ ।
विभिन्न खाना परिकारले बजारलाई रौनक थपेको थियो । मगरगाँउ मैदानमा स्थनीय महिलाले उत्पादन गरेको सामाग्री राखिएको छ ।
स्टल अवलोकन पछि बोल्दै वडा अध्यक्ष दामोदर खड्काले महिलाहरुको सिप विकास र उनीहरुले उत्पादन गरेका सामाग्रीको बजार प्रबद्र्धन गर्न प्रदर्शनी राखिएको जानकारी दिए । उनले भने – यस्ता हाटबजार वडाका विभिन्न स्थानमा संचालन गर्ने तयारी भैरहेको छ । वडाले तिज र दशै लक्षित हाटबजार सञ्चालन गर्ने वडा अध्यक्ष खड्काले जानकारी दिए ।
वडा सदस्य गोपषल डंगोलले स्थानीय २० महिला समूह मध्ये करिब एक दर्जन सहभागि भएको बताए । उनका अनुसार वडाले हरेक महिनामा एकदिन हाटबजार राख्ने जानकारी दिए । तिज र दशै लक्षित बजार सञ्चालन गर्ने बताउँदै भने – स्थानीय उत्पादनलाई बजारमा पु¥याउन बजार सचालन गरेका हौं ।सामुदायीक सिकाइ केन्द्रकी परिचालिका रेश्मा थापाले स्थानीय महिलाको शिप प्रबद्र्धन गर्न प्रदर्शनी आयोजना गरेको बताए । उनले भने– यसले महिला दिदीबहिनीहरुको हौसला बढेको छ । यस्ता प्रदर्शनीलाई निरन्तरता दिनेछौं ।
वडा अध्यक्ष निर्वाचित भएपछि सामुहिक रुपमा पहिलोपटक आयोजना गरेको हाट बजार अवलोकन गर्न करिब एक हजार बढीको आएका थिए । अधिकांशले स्थानीय उत्पादनलाई बजारीकरण गर्न यस्ता हाटबजार सञ्चालन गर्नु महत्वपुर्ण रहेको बताएका थिए ।