बसपार्कको भ्युटावर निर्माण कार्य बन्द, भेटवालले नोइङ एलिङ कम्पनीलाई दिएको २६ करोडको चेक अझै साटिएन

2k Shares

काठमाडौं, २० भाद्र । काठमाडौको पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरको निर्माण कार्य फेरि बन्द भएको छ । लगानीकर्ता बीचको बिबाद र लगानी कर्ता मध्येकि एक निशा गुरूङ चेक बाउन्सको केशमा जेल परेसँगै निर्माण कार्य रोकिएको छ । 

उक्त भ्युटावर सबैभन्दा पहिले निशा गुरूङको अगुवाईमा सिंगापुर समुहले निर्माण गर्ने गरी स्रोत जुटाएको थियो । त्यसपछि उक्त निर्माण कार्यको लागि लगानीको जिम्मा हङकङ र बेलायतमा रहेका मगरहरूको संघ मगर संघले लिएको थियो ।

अहिले कास्की पोखरा १७ कि ३८ बर्षे निशा गुरूङ जेलपरेसंगै एकातिर निर्माण कार्य पनि रोकिएको छ भने अर्कोतिर उनी स्यवं र सिगापुरेहरूको लगानी पनि डुवेको छ । निशा र सिगापुरे समुहको झण्डै ५० करोड लगानी रहेको बताइन्छ । त्यसमध्ये पछि निर्माण र साझेदार समेत रहेका मनोज भेटवालले केवल २६ करोडको मात्रै चेक दिएर बाँकी रकम नदिएको समेत खुलिसकेको छ । 

तर गिरोहले निशा गुरूङ समेतको सिंगापुरे समुहलाई शेयर नदिई उल्टो चेक दिएर हुण्डी कारोबारी भनेर फसाएको समेत सार्वजनिक भएको छ । चेक बाउन्स लगायतको केशमा पक्राउ परेका मनोज भेटवाल १३ लाख धरौटीमा छुटे भने राजकुमार बिष्ट र उनका भाइ शिव बिष्ट तीन महिना जेल बसेर निस्किसकेका छन् । 

एउटै केशमा भेटवाललाई धरौटी खुलाइएको थियो भने निशालाई खुलाइएन । ठेकेदार मनोज भेटवालले नोइङ एलिङ कम्पनीलाई दिएको २६ करोडको चेक अझै साटिएको छैन । चेक दिएको पनि बर्षाै बितिसकेको छ । राजश्व अनुसन्धान विभागले हुन्डी कारोबार गरेको अभियोगमा चार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको थियो । विभागले निशा गुरुङ र काठमाडौं भ्युटावर निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसमेत चार जना बिरुद्ध मुद्दा हालेको हो । गुरुङले सिङ्गापुरका आफन्त तथा साथीभाइसँग भ्युटावर निर्माण गर्न भनेर पैसा उठाएकी थिइन् । उनले बैंकिङ प्रणालीभन्दा बाहिरबाट पैसा ल्याउने गरेकी थिइन् । ल्याएको पैसा राजकुमार बिष्ट र उनका भाइ शिव बिष्टको सहयोगमा भ्युटावरका सञ्चालक भेटवालसँग मिलेर अन्य ब्यक्तिलाई वितरण गरेको भेटिएको थियो । विभागको अनुसन्धानमा राजकुमार बिष्ट निशा गुरुङकोमा कार्यरत कर्मचारी रहेको पुष्टी भएको छ । उनको अभिताभ मल्टी प्रपोज प्रालि नामको फर्म छ । ब्यवसायिक आम्दानी भनी ठूलो नगद बारम्बार जम्मा गर्ने र निकाल्ने गरेको समेत भेटिएको छ । बिष्ट दाजुभाइ र भेटवालको साथबाट २६ लाख १५ हजार नगद बरामद भएको थियो । ३४ लाख रुपैयाँ बराबरको तीन थान चेक पनि भेटिएको थियो । साथै १०४ थान विभिन्न बैंकको भौचरमा ४ करोड २७ हजार ८५० रुपैयाँ भेटिएको थियो । विभागले सबै रकम जोडेर ४ करोड ६० लाख ४२ हजार ८ सय रुपैयाँ विगो दावी गर्दै मुद्दा हालेको थियो । विभागले विगोको तीन गुणा सजाय र तीन बर्ष कैदको माग गरेको थियो ।


सम्बन्धित समाचार