चुनावअघि नेपाल प्रहरीमा एआईजी बढुवा नहुने

7.1k Shares

काठमाडौं चुनावअघि नेपाल प्रहरीमा एआईजी बढुवा नहुने भएको चुनावपछि मात्र बढुवा गर्ने सहमति गृहमन्त्री आइजिपीबीच भएको । हाल प्रहरीमा एआइजीका दुई पद रिक्त छन् मंसिरमा थप दुई पद रिक्त हुने भएकाले चार जनाको बढुवा गर्ने सरकारको तयारी बढुवाका आकांक्षीहरू शक्तिशाली भएकाले पनि दुई पदमा बढुवा नहुने भएको हो ।राजनीतिक शक्तिका दृष्टिकोणले अशोक सिंह दीपक थापा सबैभन्दा अगाडि छन् सिंहलाई बालुवाटारले, थापालाई एमालेले बोकेको स्रोत बताउँछ वसन्त कुँवर, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, सन्दीप भण्डारी, उमेशराज जोशी, किरण बज्राचार्य, मीरा चौधरी, रामदत्त जोशी, भीम ढकाल पनि शक्तिका पछाडि कुदिरहेका छन् ।दुई जनालाई मात्र बढुवा गर्दा भावी नेतृत्वको प्रतिस्पर्धा पनि साँघुरो हुने भएकाले तत्काललाई रोकिएको हो अब सबै तहको बढुवा चुनावपछि गर्ने तयारी ।बढुवा रोकिएपनि सरूवा भने दैनिक जसो हुने गरेको पछिल्लोपटक नवलपुरका एसपी फेरियो एसपी प्रज्वल महर्जनले कांग्रेस नेताहरूको अनावश्यक दबाब नमानेपछि उनलाई महिनामै हटाइएको जहाँ भुवनेश्वर तिवारीलाई पठाइएको ।उता पश्चिम नवलपरासीको एसपीले भने गम्भीर गल्ती गर्दा पनि कारबाही भएको छैन कांग्रेस नेता देवेन्द्रराज कँडेलले उनलाई जोगाएको स्रोत बताउँछ

बांके, सुर्खेत लगायतका जिल्लामा एसपी फेर्न भने गृहमन्त्री आईजिपी अझै कुरा मिलेको छैन सरूवा रोकिदा बांकेका एसपी भने चुनावसम्म बसेर मस्त कमाउने अभियानमा छन् ।उता पर्सा, धनुषा लगायत जिल्लाका एसपी १० महिनामै हटाउन पनि चलखेल चलिरहेको चुनावमा धेरै जिल्लामा कांग्रेस नेताहरूले आफुअनुकुल प्रहरी लैजाने प्रयास गरिरहेका छन् जसकारण तल्लो तहमा प्रहरीको पनि काज सरूवन बढ्न थालेको चुनावको मुखमा यसरी प्रहरीमा राजनीतिकरण हुंदा चुनावी सुरक्षा कमजोर हुनसक्ने प्रहरी मुख्यालयमा चिन्ता

सम्बन्धित समाचार