बंगालादेशले जित्यो महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि

3.4k Shares

काठमाण्डौ । बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।
बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन । नेपालकी अनिता बस्नेतले एक गोल फर्काईन् । महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी पूर्ण रुपमा अस्वस्थ भएकाले पहिलो हाफमा बेच्नमा राखिएको थियो । पहिलो हाफमै दुई गोल खाएपछि उनलाई दोस्रो हाफमा मैदानमा उतारिए पनि गोल गर्न सकिनन् । यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो ।
नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो । सेमिफाइनलमा बलियो टिम भारतलाई हराएको नेपालले फाइनलमा बंगलादेशलाई पराजित गर्ने अपेक्षा गरिएको थियो । तर नेपाल तीन एक गोल अन्तरले पराजित हुँदै उपाधी बंगलादेशलाई सुम्मिन बाध्य भयो ।
साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । बंगलादेशले भने पहिलो पल्ट उपाधि उचालेको हो । १५ हजार नेपाल दर्शकसामु बंगलादेशले इतिहार रच्न सफल भयो ।

सम्बन्धित समाचार