सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभको २२ औं साधारण सभा सम्पन्न

2.6k Shares

ललितपुर । सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लिमिटेडले २२ औं बार्षिक साधारण सभा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा असोज ५ गते गरेको छ ।


सो बार्षिक साधारण सभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती रहनुभएको थियो भने विशेष अतिथिहरुमा सुमेरु ग्रुपका अध्यक्ष, बोत्सनाका अवैधानिक राजदुत तथा समाजसेवी भरत महर्जन, समाजसेवी डा. जगदिशलाल बैंद्य, बरिष्ठ हाँस्यकलाकार तथा सुमेरु ग्रुपका एम्ब्यास्डर किरण केसी (रातामकई) लगायत रहनुभएको थियो ।


बार्षिक साधारण सभाको अध्यक्षता गर्नुभएका अध्यक्ष हेमराज दाहालले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बार्षिक आर्थिक प्रतिवेदन सचिव विनोद आचार्यले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष दिलिप डंगोलले गर्नुभएको थियो । संस्थाले शेयरधनीहरुलाई १८ प्रतिशत बोनस दिने सो साधारण सभामा जानकारी गराइएको थियो ।


सुमेरु सेभिङ्ग एण्ड को—अपरेटिभ लि., सुमेरु अस्पताल धापाखेल,  एसियन कलेज फर एडभान्स स्टडिज, शंकरापुर एकेडेमीका विद्यार्थी तथा सुमेरु मार्टका कर्मचारीहरुले गीत तथा नृत्य प्रस्तुत गरी साधारण सभालाई रोमान्चक बनाएका थिए ।
हजारौं संख्यामा उपस्थित शेयर धनी, कर्मचारी, बचतकर्ता तथा शुभचिन्तकहरुको उपस्थिति रहेको सो साधारण सभा कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार किरण केसी र हास्य कलाकार राजा राजेन्द्रको बेजोड प्रस्तुतीले उपस्थित शेयरधनी, कर्मचारी, बचतकर्तालगायत उपस्थित शुभचिन्तकहरुले भरपूर्ण मनोरञ्जन लिएका थिए ।


मनोरञ्जनात्मक कार्यक्रममा नृत्य, गीतलगायतबाट मनोरञ्जन गराई दिने विद्यार्थी, कर्मचारीहरुलाई मायाका चिनो सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले प्रदान गर्नुभएको थियो ।



सम्बन्धित समाचार