रोनाल्डोको दुई गोल, युभेन्टस विजरोनाल्डोको दुई गोल, युभेन्टस विजयी

2.3k Shares

एजेन्सी । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले इटालियन सिरी ए फुटबलमा युभेन्टस विजयी भएको छ । सोमबार राति भएको खेलमा युभेन्टसले लाजिओमाथि २-१ गोलले विजयी भएको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितका लागि रोनाल्डोले दुई गोल गरे । पाहुना टोली लाजिओका लागि किरो इमोबाइलले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युभेन्टसले अग्रता लिएको थियो । खेलको ५१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । उनले पाउलो डिबालाको पासमा गोल गर्दै युभेन्टसलाई २-० गोलको अग्रता दिलाए ।
खेलको ८३ औं मिनेटमा लाजिओले एक गोल फर्कायो । इमोबाइलले पेनाल्टीमा गोल गर्दै खेलमा गोल अन्तर घटाउने प्रयास गरे । तर त्यसपछि थप गोल हुन नसक्दा खेल घरेलु टोली युभेन्टसले २-१ गोलले जितेको हो ।
यस जितसँगै युभेन्टसले अंक तालिकाको शीर्ष स्थानमा पकड हमाएको छ । ३४ खेल खेकेको युभेन्टसको ८० अंक छ । जुन दोस्रो स्थानको इन्टर मिलानभन्दा आठ अंक बढी हो । पराजित लाजिओ समान खेलमा ६९ अंक जोड्दै चौथो स्थानमा छ ।

सम्बन्धित समाचार