अनियन्त्रित बन्दै मुल्यबृद्धि

 मुल्य बृद्धि नियन्त्रण बाहिर गएको आभास हुन थालेको छ । आम नागीरकको क्रयशक्तिको पहुँचभन्दा बाहिर बस्तु तथा सेवाको मुल्य रहेको छ । कोरोना संक्रमणदेखि सुरु भएको अन्योलको अवस्था र यसले सिर्जना गरेको बेरोजगारीको कारण  आम नागरिकसँग एक छाक खान पनि कठिन हुने अवस्था आएको छ । 
चीनको हुबेई प्रान्तको राजधानी वुहानमा ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस (कोभिड–१९) को पहिचान भएको थियो । यसबाट अहिले विश्वनै प्रभावित भएको छ । अहिले नेपाललगायत विश्वका २ सय १५ भन्दा बढि देशमा कोरोना संक्रमण फैलिसकेको छ । आम नागरिकको जीवन रक्षाको लागि ११ देखि १८ चैतसम्म पहिलो पटक सरकारले लकडाउन ग¥यो । एक साताको लागि सुरु गरिएको लकडाउन पछिल्लो समय निषेधाज्ञामा परिणत भएपछि २५ भदौमा अन्त्य भएको हो । यही लकडाउन र निषेधाज्ञाको कारण रोजी रोटी गुमेपछि नेपालमा औषत दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक सार्वजनिक भैसेकेको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१६ देखि २०३० सम्म विश्वको रुपान्तरण र विकासका हरेक आयाममा कसैलाई पनि पछाडि नछोड्ने प्रतिवद्धताका साथ सन् २०१५ सेप्टेम्वरमा दिगो विकास लक्ष्य घोषण ग¥यो । उक्त घोषणा बमोजिम दिगो विकासका १७ वटा लक्ष्य, १६९ वटा परिमाणात्मक लक्ष्य र २ सय ३२ वटा विश्वव्यापी सुचक निर्धारण गरियो । दिगो विकास लक्ष्यमा विश्वका सवै राष्ट्रमा  सहभागितामुलक, अधिकारमुखी र समतामूलक विकास गरी गरिवी र भोकमरी अन्त्य गर्ने, सबैलाई स्वास्थ्य र शिक्षा पु¥याउने जस्ता बिषय समेटिए पनि यसले रोजगारी सिृजना गर्नेतर्फ उपलब्धि हासिल गर्न सकेन । 
असमानतासँगै देशभित्र नैतिक, सामाजिक र राजनीतिक चुनौती बढिरहेको छ । जसको कारण बेरोजगारीको ग्राफ कहालीलाग्दो दिशातर्फ जान थालेको छ । यसलाई कोरोना सन्त्रासले मलजल गर्न सहयोग पु¥याएको छ । उनिहरु न्यूनतम आयआर्जनबाट समेत वञ्चित छन् । एक छाक खान नपाएर आत्महत्या गर्नेसम्मको अवस्था आइसकेको छ । 
यस्तो अवस्थामा चालु आार्थिक बर्षको साउनमा उपभोक्ता मुल्यबृद्धि ३ दशलमव ४९ प्रतिशत रहेको केन्द्रीय बैकले सार्वजनिक गरेको तथ्यांकंमा उल्लेख छ । अघिल्लो बर्षको साउनमा मुल्यबृद्धि ६ दशलमव ९५ प्रतिशत रहेको थियो । त्यसैगरी यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुल्यबृद्धि ५ दशमलव ३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २ दशमलब शुन्य ४ प्रतिशत रहेको छ । काठमाडौंमा ३ दशमलब ३१ प्रतिशत, तराईमा ४ दशलमव शुन्य २ प्रतिशत, पहाडमा २ दशमलवम ७२ प्रतिशत र हिमालमा ४ दशमलब शुन्य ७ प्रतिशत मुल्यबृद्धि रहेको पनि उल्लेख छ । तर ब्यबहारमा भने मुल्यबृद्धि धेरै माथि पुगेको छ । 
साधारण तया एक छाक खान पनि औसत नेपालीलाई धौ धौ पर्ने अवस्था सृजना भइसकेको छ । बढ्दो मुल्यबृद्धिले आम्दानी र खर्चको अनुपातको दुरी बढेको कारण सर्वसाधारणसँग रकम अभाव बढ्न थालेको छ । अर्थतन्त्रमा गैर आर्थिक तत्व हाबी भएको आंकलन गर्न थालिएको छ । अहिले अर्थतन्त्र नियन्त्रण बाहिर हो की भन्नेसम्मको अवस्था बढेको मुल्यले देखाएको छ । राष्ट्र बैकले उपभोक्ता मुल्य ३ दशलमव ४९ प्रतिशत बढेको तथ्य सार्वजनिक गरेपनि बजारमा सत प्रतिशत मुल्य बढेको छ । साग सब्जिको मुल्य अकासिएको छ । एक सय रुपैयाँभन्दा तल कुनै पनि सामान पाउने अवस्था छैन । केन्द्रीय बैकले सार्वजनिक गरेको तथ्यांकलाई समेत विश्वास गर्न सक्ने अवस्था हटेको छ । 
मुल्यबृद्धिसँगै आम्दानी र रोजगारीलााई पनि हेर्नुपर्छ । हामीकहाँ सरकारी क्षेत्रभन्दा पनि निजी क्षेत्रमा काम गर्नेको सख्ंया बढि छ । अहिलेको बिकराल अवस्थामा सरकारीस्तरमा कार्यरत कर्मचारीको तलब नरोकिए पनि निजी क्षेत्रमा काम गर्ने अधिकांस कर्मचारीले गत चैत महिनादेखि तलब पाउन सकिरहेका छैनन् । श्रम ऐन २०७४ को दफा १८२ ले दिएको अधिकार प्रयोग गरी श्रम नियमावली २०७५ ले श्रमिकको तलब न्युनतम १३ हजार ४ सय ५० रुपैयाँ पाउने निर्णय गरेपनि यो लागु हुन सकेको छैन ।  लागु गरेका कम्पनीले पनि आफ्ना कर्मचारी र कामदारलाई तलव खुवाएका छैन । बरु उल्टो कामबाट  हटाइरहेका छन् । यसले पनि अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग धन्दामा मालिक र मजदुर भन्ने भावनाको दुरी बढाउन सहयोग पु¥याइरहेको छ । लकडाउनले मालिक र नोकर भन्ने शब्द सँगै बेरोजागरी सृजना गर्न सहयोग पु¥याएको कारण आम नागरिकको जीवन यापनमा बढेको मुल्यले आहात थपिरहेको छ ।  
उद्योगपतिमा अझै पनि ‘कर्पाेरट संस्कृति’ आउन सकेको छैन । मुलुकमा औद्यौगिक वातावरण बिग्रनु भनेको रोजगारका क्षेत्र संकुचन हुनु हो । यसले गर्दा जनताको क्रयशक्तिमा ह्रास आई महँगी समस्या झन् चर्काउँछ । जसको असर राजस्वमा समेत पर्छ । राजस्वमा असर पर्ने वित्तिकै सरकारले विकास निर्माणलाई तिब्रता दिन सक्दैन । सरकारले निजी लगानीकर्तालाई आश्वासन दिएपनि विश्वासमा लिन सकेको छैन । निजी क्षेत्र र  आम नागरिकको विश्वास  जित्न नसक्नुमा बिभिन्न राजनीतिक पार्टीमा आबद्ध ब्यक्ति, संघ तथा संगठनले गर्ने कार्य नै प्रमुख  कारक तत्वको रुपमा रहेको छ । सोही कारण सरकारले चाहेर पनि निजी क्षेत्रको विश्वास जित्न सकेको देखिदैन । 
यसमा सरकारभन्दा पनि जिम्मेवार राजनितीक पार्टीनै दोषको भागीदार देखिन्छन् । 
चाडपर्वले अर्थतन्त्रलाई तत्कालीन लाभ वा चलायमान बनाए पनि अर्थतन्त्रको जग बलियो बनाउनका लागि महत्वपूर्ण योगदान दिन सक्दैन । अर्थशास्त्रको सिद्धान्त अनुसार मुल्यबृद्धिले पुँजी स्वदेशमा रहेपनि पुँजीपलायनले स्वदेशी सम्पत्ती विदेशमा जाने देखिन्छ । चाडपर्वमा वस्तुको माग अधिक हुने हुँदा जनताले खर्च बढी गर्छन् । यो समयमा वस्तुको मूल्यमा केही छुट तथा कमिसन प्रदान गरी व्यवसायीले नयाँ रणनीति अवलम्बन गर्नाले उपभोक्ताले बढी खर्च गर्नुपर्ने र ठगिने सम्भावना पनि बढी रहन्छ । 
यी सबै कुरालाई हेर्दा आम नागरिकले संकटको अवस्थामा सहजै जिवन यापन गर्ने वातारण मिलाउने दायित्वबाट राज्य संयन्त्र पछि फर्किनु हँुदैन । आम नागरिकलाई आफुसँग भएको सिमित आम्दानीले पनि बिहान बेलुकी खाना खाने अवस्था ल्याउन अहिले देखिएको मुल्यबृद्धिलाई नियन्त्रणमा ल्याउनै पर्छ । मुल्य जवसम्म नियन्त्रणमा आउँदैन, तवसम्म सर्वसाधारणले सहज महसुुस गर्न सक्दैनन् । चाडपर्बको बाहानामा बजारमा अबधि सकिएका सामानहरुको बिक्री बितरण भैरहेको छ । त्यसको अनुगमन र नियन्त्रणलाई प्रभावकारी रुपमा अघि बढाउन सकेको देखिँदैन । कालोबजारी गर्ने ब्यक्ति, समुह थोरै फाइदाको लागि आम नागरिकको जीवनमाथि खेलबाड गरिरहेका छन् । नाफा आर्जनको नाममा हुने यस्ता कार्यले बजारमा अराजकताको र अपारदर्सीता बढाइरहेको छ । क्रय शक्ति कमजोर भैसकेका नागरिकले बढेको मुल्यबृद्धिको चापलाई थेग्न नसकि मनोबैज्ञानिक असरको कारण मानसिक सन्तुलन गुमाउनेसम्मको अवस्था सृजना भएकोले राज्यले सर्वप्रथम त्यस्ता ब्यक्ति र समुहलाई लक्षित गरी कार्यक्रम ल्याउन सकेमा केही मात्रामा भएपनि राहत पुग्न जाने निश्चित छ । 
यस्तो अवस्थामा नियन्त्रण बाहिर रहेको मुल्यबृद्धि नियन्त्रण गर्न सरकारले बजार अनुगमनको कार्य सुरु गरेको देखिन्छ । तर यसलाई त्यसमा मात्रै सिमित नराखी नियम विपरीत काम गर्नेलाई कडा कारबाही गरी समाजमा सुशासनको वातावरण ल्याउन सकेमात्रै विश्वासको वातावरण सृजना हुने थियो । अनि अर्थतन्त्रलाई चलायमान बनाउन श्रमशक्तिको समुचित प्रयोग गरी गरीबी, पछौटेपन र विभेदको चक्रब्युहलाई सदाको लागि अन्त्य गर्न सके मात्रै ब्यवहारमै अकासिएको मुल्यबृद्धि नियन्त्रणमा आउने थियो ।
 


तपाइको प्रतिक्रिया दिनुहोस्