ठमेलको होटलमा मृत भेटिए जर्मन नागरिक

काठमाडौं । काठमाडौंको ठमेलस्थित होटलमा जर्मन नागरिक मृत फेला परेका छन् ।

बिहानी होटलमा ४० वर्षीय डेभिड मिट्ज्काट मृत भेटिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए। 

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको उनले बताए। जीउ खाटमा र खुट्टा भईंमा झारेको प्लास्टिक र घाँटी रबरले बाँधिएको अवस्थामा फेला परेको एसपी बस्नेतले बताए । 

‘अहिले नै केही भन्न सकिने अवस्था छैन। पोष्टमार्टम रिपोर्टपछि हत्या वा आत्महत्या भन्ने खुल्छ’, एसपी बस्नेतले भने, ‘कोठामा भेटिएका औषधिलगायतका सबै सामानग्री परीक्षणका लागि पठाइएको छ ।

पर्यटन भिसामा आएका डेभिड तीन महिनादेखि उक्त होटलमा बस्दै आएका थिए ।