बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

2.9k Shares

काठमाडौ, ३ साउन । बरुण हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न साउन १४ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँमा शतप्रतिशत (१ः१) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्नेछ। 


यस्तै, कम्पनीको ठेगाना परिवर्तन गर्न र पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । बरुणले हकप्रद सेयर बिक्री गर्न नियामक विद्युत् नियमन आयोगबाट स्वीकृति पाइसकेको जनाएको छ । अब विशेष सभाबाट प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद सेयर जारी हुनेछ । 

 

हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ । विशेष साधारण सभा लर्ड पार्टी भेन्यू, धुम्बराही काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले शुक्रबार साउन ५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, बिहीबार साउन ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

सम्बन्धित समाचार